विराटनगर, चैत ६ गते । विराटनगरमा चैत १५ देखि २५ गते सम्म हुने आर्ठौ संस्करणको विराट गोल्प कप प्रतियोगितामा नेपाल, भारत र भुटानका १० टीमका सहभागिता रहने भएको छ ।
विगतमा विराट गोल्प कप प्रतियोगत कहिले उद्योगि व्यवासयी त कहिले नगर पालिकाको मेयरलाई संयोजक बनाएर संचालन गरिएको प्रतियोगिता यस पटक गोल्डकप ट्रसले आफै संचालन गर्ने भएको पत्रकार सम्मेलनको आयोजना गरी ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी गराए ।
प्रतियोगितामा स्वदेशी टीमबाट नेपालका तीन विभागीय टोलीमा नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ क्बल सहभागीता रहने छ भने यस वर्षको लिग विजेता चर्च ब्वाइज, डिभिजन टोलीहरू मच्छिन्द्र र एनआरटी क्लबको सहभागिता रहने छ । त्यसैगरी घरेलु टोली सांग्रिला मोरङ एफ ए को सहभागीता रहने भएको छ ।
विदेशी टोलीमा भारतको कलकत्ताको साउथर्न समिति फूटबल क्लब, सिक्किमको सिक्किम ड्रागन फूटबल क्लब र भुटानको थिम्पूस्थित आरटीसी क्लब सहभागी हुने छन् ।
आठौँ संस्करणको विराट गोल्डकपका विजेता र उप–विजेताले पाउने नगद पुरस्कारको राशि भने आधा घटाइएको छ । गत वर्ष घाटा भएपछि यस पटक पुरस्कार राशि घटाइएको जनाइएको छ । विजेताले ११ लाख रुपैयाँ र उप–विजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको विजेतालाई नगद २० लाख १५ हजार र उप–विजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । यो वर्ष विजेतालाई ९ लाखा १५ हजार र उप विजेतालाई प्रदान गरिएको थियो । यो वर्ष ५ लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि घटाएको हो । गत वर्ष आयोजकलाई ८७ लाख रुपैयाँ घाटा भएका कारण यस वर्ष पुरस्कार राशि घटाइएको ट्रस्टका अध्यक्ष शाहीले बताए ।
प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार रुपैयाँ र सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।
डे एण्ड नाईटमा हुने फुटबल प्रतियोगिता साँझ ६ बजे बजेदेखि शुरू हुने छ । गोल्डकपको टिकट दर २, ३ र ५ सय हुनेछ । ‘फ्लडलाइटको माध्यमदेखि रात्रिकालीन प्रतियोगिता हुने भएकोले खेल रोमान्चक हुने छ । प्रतियोगितामा अनुमानित१ करोड १८ लाख ४३ हजार २०० रुपैयाँ लाग्ने अध्यक्ष शाहीले वताए ।
२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट शुरू गरिएको गोल्ड कप २०६२–६३ सालको जनआन्दोलनपछि परिवर्तन गरिएको हो । २०६८ सालबाट विराट गोल्डकपको रूपमा आयोजना हुँदै आएको छ ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]