शुभ नारायण यादव
सप्तरी, चैत ७ गते । सप्तरीको सप्तकोशी नगरपालिका वडा न.३ मा बन्चरो प्रहारबाट एककाे मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका वडा न.३ स्थित सखवनि नयाँ वस्तीका ४५ वर्षिय हिराइ सदालाई छोरा २२ वर्षिय लालदेव सदाले घरायसी विवाद हुँदा धरेलु हतियार बन्चरोले घाटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी जानकारी दिए ।
छिमेकी ६५ वर्षिय दशन सदालाई समेत बन्चरो प्रहार गर्दा टाउको र हातमा चोट लागेर घाइते भए पछि स्थानिय अस्पताल फत्तेपुरमा उपचार भईरहेकाे वताए । बन्चरो प्रहार गर्ने लालदेव सदालाई घरेलु हतियार बन्चरो सहित नियन्त्रणमा लिई थप अनुसंधान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]