सुरेन्द्र मण्डल
रंगेली, चैत ११ गते । रंगेली नगरपालिका वाड नं ३ रनजनीको काजीमान चौक स्थित रहेको बाबु साहेब टोलमा फागुन ३ गते शनिबार बिजुलीको तारबाट आगलागी हुँदा २८ घर परिवार घर विहिन भएका थिए ।
आगलागि पिडितहरुलाई खान लाउनका लागि खाद्यसामग्री लत्ताकपडाहरु लगायतका सहयोगी सहयोगी हातहरूले गरि रहेका छन
आगलागि पिडितहरुको सहयोगको लागि शनिबार दुहा कतारबाट ’नेपाल सन्थाल बचत समुह’ द्वारा राहत सामग्री प्लास्पटिकको ठूलो आरी २८ थान, स्टीलको सानो अरी २८ थान, स्टीलको थाल ८४ थान, स्टिलको ग्लास ११२ थान, स्टीलको बटुका ११२ थान, चुलेसी २८ थान र नाङलो २८ थान गरी जम्मा ४२० थान किचेन सामग्री राज मुर्मूको समन्वयमा राहत सामग्री टंक ठकुरीलाई हस्तान्तरण गरिएको थियो ।
त्यसै कानेपोखरी गाउँपालिका होक्लाबारी विसनपुरका श्यामलाल सौरेन र मनोज सिलवालले आफ्नो गाउँटोलबाट संकलन गरिएको राहत सामग्री दाल, चामल, नुन, तेल र भाडा वर्तन एवम लत्ताकपडा समेत ठाकुरीलाई हस्तान्तरण गरिएको थियो ।
रंगेली नगरपालिकाका प्रमुख दिलीप अग्रवाल भारत भ्रमणमा रहेकोले आगलागि पिडितलाई राहत दिन पालिकावाट कुनै निर्णय हुनसकेको थिएन । भारत भ्रमणबाट आएपछि शुक्रवार प्रमुख अग्रवाल आगलागी पीडित बस्तीमा गई सामूहिकरूपमा भेटघाट गर्दै भने हामी तपाईंको दुःख चिन्तालाई बुझ्छौ तपाईहरुको स्थायी बासको लागि पक्की घर निर्माण गर्ने सोची रहेका छौं तर घर बनाउने कहाँबाट त्यो समस्याले चिन्तत छौ ।
बाबु साहेब बस्ती भनेको बाबुसाहेबकै शाखा सन्तानको निजी जग्गामा उक्त सन्थाल परिवार वर्षौं देखि बस्दै आई रहेको थियो । हालसम्म जग्गा धनीबाट जग्गा खाली गर्न कुनै किसिमको करकाप नरहे पनि आगो लागेर घरहरू खरानी भए पश्चात उक्त जग्गा पूर्ण रूपले खाली भएको देखिन्छ ।
त्यसैले आगलागि पिडितको पक्की घर बनाउँदा जग्गा धनीसँग समन्वय नगरी घर बनाउन हुँदैन यदि पक्की घर नै बनाउने हो भने जग्गा धनीसंग समन्वय गरी वर्षौदेखि बसी रहेको सुकुम्बासीहरुकै नाममा जग्गा दर्ता गराई पक्की भवन बनाई दिन स्थानीयहरुको सुझाव छ ।
अग्नी पिडितहरुका समस्या कहिले सम्म समाधान हुन्छ भन्ने प्रश्नमा वर्षा शुरु हुनु अगावै बाबु साहेब बस्तीका पीडित परिवारलाई स्थायी घर बासको व्यवस्था गर्ने प्रमुख अग्रवालले प्रतिवद्धता जनाएको थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]