विराटनगर, चैत ११ गते । दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशले विश्व दृष्टि विशेष दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेका छन् । ।
विश्वभरीका वृष्टि विशेषज्ञहरुले मार्च २३ का दिनलाई दृष्टि विशेष दिवसको रुपमा मनाई राख्दा बिराटनगरमा पनि विभिन्न आँखा स्वास्थ्य सेवाको जनचेतना मूनक नाराका साथ करिब १५० जनाको सहभागितामा शनिवार ¥याली प्रदर्शन गरेका थिए ।
¥याली विराटनगरको महेन्द्र चौक, काली मन्दिर, बिजुली अफिस, शनि मन्दिर हुँदै महेन्द्र चौकमा समाप्त गरिएको थियो । आँखाको नियमित परिक्षण गराउँ, आँखा रोगबाट टाढा बनौं, दिनको २ घण्टा नानीबाबुहरुलाई घर बाहिर खेलाउँ, २०५० सम्ममा हुने दृष्टि दोषको महामारीबाट बचौ जस्ता जनचेतनामूलक नारा लगाउँदै दृष्टि विशेषज्ञले नगर परिक्रमा गरेका थिए । कार्यक्रममा दृष्टि विशेषज्ञका साथै नेत्र रोग निशेषज्ञ तथा नेत्र सहायक तथा विर्तामोर्ड जन समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेत्र रोग विशेषज्ञ डा. प्रमोद गौतमले दृष्टिविशेषज्ञ आँखा स्वास्थ्य सेवाको तिन स्तम्ब मध्ये एक स्तम्भको रुपमा रहेका तथा प्राय ः जसो आँखा समस्याको प्रथम सेवा बिन्दु दृष्टि विशेषज्ञहरुले आफ्नो दायित्वहरु बुझ्नुपर्ने, उपचारका क्रममा आफ्नो अधिकार क्षेत्रका दायराहरुलाई निश्चित गरी आँखा स्वास्थ्य सेवाका अन्य प्राविधिक तथा नेत्र रोग विशेषज्ञ संग सहकार्य गरी अगाडि बढनुपर्ने सुझाव दिएका थिए ।
उक्त कार्यक्रम दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशका अध्यक्ष अजित कुमार ठाकुरले दृष्टि विशेषज्ञहरुले आफूले गर्ने सेवा प्रति समर्पित हुन अग्रसर गर्दै चिकित्सा सेवा अध्ययनशिल सेवा भएकोले हामी सबैले यस क्षेत्रमा भईरहने नयाँ शोधहरुलाई नियमित अध्ययन गर्नुपर्ने र यसले बिरामी सेवामा हाम्रो गुणस्तर बढाउने भन्दै दृष्टि निशेषज्ञहरुलाई आँखा अस्पतालरुमा सिप विकासको तालिम पनि गराउन अनुरोध गरी सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]