विराटनगर, चैत १४ गते । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालयले ल्याएको कृषि मूल्य सूचना प्रणालीको उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले एक कार्यक्रमका वीच सार्वजनिक गरेका छन् ।
कृषि मूल्य सूचना प्रणाली कार्यक्रमका प्रमुख अतिथी उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले रयल टाइमको मूल्यका बारेमा जानकारी नपाउँदा किसानले वस्तुको उचित मूल्य पाउन नसकिरहेको विद्यमान अवस्था हटाउन यो प्रणालीको भरपुर सदुपयोग गर्नुपर्ने भन्दै तीन तहका सरकारहरु मिलेर किसानहरुलाई उचित सूचना, मल, बिउ, तथा परामर्श आदि सेवाहरु दिँदै कृषि उत्पादन बढाउन लाग्नु पर्नेमा वताए ।
कोशी प्रदेशको कुल गार्हस्थ उत्पादनको ३३ प्रतिशत हिस्सा ओगट्ने कृषि क्षेत्रको सवलीकरण, व्यवसायीकरण र कपक, व्यवसायी देखि उपभोक्तासम्मको हितलाई ध्यानमा राखी ’कृषि मूल्य सूचना प्रणाली’ सञ्चालनमा ल्याइएको छ । यस सूचना प्रणालीबाट साना तथा ठूला कक्षक, ठूला लगानीमा सञ्चालित कृषि फर्म, व्यापारी, तथा प्रशोधनकर्ताहरु लाभान्वित हुन सक्ने मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलले बताए ।
कोशी प्रदेशका तीन ठूला कृषि बजारहरु बिर्तामोड, धरान र इनरुवाको थोक तथा खुद्रा मूल्य समावेश गरिएका छन् । तर प्रदेशको राजधानी सहर विराटनगरको कृषि बजार भने मूल्य सूचना प्रणालीमा समावेश भएको छैन । विराटनगर कृषि थोक तथा खुद्रा बजार व्यवस्थापन समितिले आधिकारिकरुपमा वस्तुको मूल्य संकलन गर्ने परिपाटी विकास नगरेका कारण कृषि मूल्य प्रणालीमा समावेश गर्न नसकेको अधिकृत पोखरेलले जानकारी गराए । विराटनगर महानगरपालिकासँग समन्वय गरेर बजार व्यवस्थापन समितिलाई व्यवस्थित गरी सूचना प्रणालीमा समावेश गर्न समन्वय गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
सूचना प्रणालीमा कोशी प्रदेशका तीन ठूला कृषि बजारहरु, कृषि बजार व्यवस्थापन समिति धरान, कृषि बजार व्यवस्थापन समिति बिर्तामोड, कृषि बजार व्यवस्थापन समिति इनरुवा, पालिका स्तरीय कृषि बजारहरुमा सगरमाथा क्षि थोक बजार गाईघाट, कृषि तथा पशुपन्छी बजार दुहवी, दमक न.पा.को नयां सब्जी बजार, र जाल्पादेवि कृषि उपज संकलन केन्द्र, धनकुटा आवद्ध छन् । आगामी दिनहरुमा कोशी प्रदेशमा संचालनमा रहेका सार्वजनिक तथा नीजी बजारहरुलाइ समेत यस प्रणालीमा समावेश गरिदै लगिनेछ । यस मूल्य सूचना प्रणालीमा कोशी प्रदेश बाहिरका कृषि थोक बजारहरुमा बुटवल, पोखरा र काठमाडौंका कृषि थोक बजारहरुको मूल्य सूचना समेत हेर्न सकिने व्यवस्था समेत गर्ने भएको छ ।
यस प्रणालीमा उल्लेखित कृषि उपजहरुको मूल्य सूचना दैनिक रुपमा अद्यावधिक गर्ने कार्य भइरहेको छ । दैनिक मूल्य सूची अद्यावधिक गर्ने कार्य सम्बन्धित कृषि बजारका सूचना सङ्गलकले मोवाइल एप्लिकेशनको प्रयोग गरी यस प्रणालिमा पठाउने गर्दछन् । हरेक दिनको कृषि उपजको मूल्य सामान्यतः विहान ७ देखि ११ बजेभित्र अद्यावधिक गरिनेछ । यस प्रणालीमा मोवाईल एप्स र कम्प्युटर दुबैबाट मूल्य अद्यावधिक गर्न सकिन्छ ।तथ्याङ्ग सङ्गलकले अद्यावधिक गरेको सो मूल्य सूचना यस प्रणालिमा पठाउनु अगाडि सम्बन्धित बजारले नै पूनः प्रमाणीकरण गर्दछन्। साथै कुनै तथ्याङ्ग संशोधन वा परिमार्जन गर्नुपर्ने भएमा सो कार्य यस मन्त्रालयले गर्दछ । त्यसैले यस मूल्य सूचना प्रणालीमा रहेका तथ्यान आधिकारिक र विश्वासनीय हुन्छन् ।
आर्थिक वर्ष २०७९÷८० को भाद्र देखि सुरु गरिएको यस सूचना प्रणालीबाट बिगतमा कुन समयमा कुन बालीको बजार मूल्य कति रहेको थियो भन्ने जानकारी पनि प्राप्त गर्न सकिन्छ, उक्त सूचनाको माध्यमवाट कृषकले बाली लगाउने समयमा नै कुन वाली, कहिले र कति परिमाणमा लगाउने योजना निर्माण समेत गर्न सक्छन् । फलस्वरुप कृषकले उपयुक्त बजार मूल्य प्राप्त गर्न सक्छन्, भने तीनै तहका सरकारहरु लाई कृषि उपजको उत्पादन र बजारिकरण सम्बन्धि समयानुकूल उपयुक्त नीति तथा कार्यक्रम निर्माण गर्न समेत सहयोग मिल्दछ ।
किसान र वजारका साथै कृषि क्षेत्रमा अनुसन्धान गर्न चाहनेहरुलाई समेत यो प्रणालीले पर्याप्त सूचना उपलब्ध गराउने विश्वास लिइएको छ ।
सबैभन्दा मूल्य घटबढ हुने बस्तहरु के के छैन भन्ने बारमा बिवरणहरु प्रविष्ट गर्न सकिन व्यवस्था समेत गोकीले विप्यमा ती विवरणहरु समेत प्रणालीमा समावेश भए पश्चात अध्ययन, अनुसन्धान, नीति तथा कार्यक्रम निमाणका लागि यो पणानी उपयोगी छ। यस प्रणालीमा रहेको व्यवस्था अनुसार तथ्याइहरु प्रविष्टी भए पश्चात विभिन्न कृषि बजारहरुको विगत र वर्तमानको मृत्य सूचनाका आधारमा वस्तुहरुको बजार प्रवृत्ति ःबचपभत त्चभलम) अनुसार उत्पादन योजना तयार गर्न सहज हुनेछ । यस प्रणालीमा प्रविष्ट भएका बजार सम्बन्धित तथ्याङ्कहरु अभिलेखित भई नविष्यमा योजना र नीति निर्माणमा समेत सहयोग पुग्नेछ ।
सूचना प्रणालीले केंवल मूल्यको जानकारी दिने मात्र नभएर उत्पादकलाई व्यपारीहरु तथा ग्राहकहरु संग जोड्ने काम पनि गर्नेछ । कृषि उपजको मूल्यसंगै यी बजारहरुमा कृषि उपजहरुको खरिद विक्री गर्ने व्यापारीहरुको नाम र फोन नम्बर सहितको विवरण यस प्रणालीमा राखिएकाले उत्पादकहरुले सिधै व्यापारीसंग समन्वय गरी आफना उत्पादनलाई बिक्री गर्न सक्दछन । यस प्रणालीमा भएको ’किसानको बजार’ खण्डमा किसानहरुले एस एम.एस सेवा प्रयोग गरेर आफना विभिन्न उत्पादनहरु विक्रिका लागि खुल्ला राख्न सक्दछन् ।
सामान खरिद गर्न चाहने व्यापारी वा उपभोक्ताले सिधै उत्पादकलाई फोन मार्फत सम्पर्क गर्न सक्छन । यो सूचना प्रणालीले समग्र कृषि बजार प्रणालीलाई थप व्यवस्थित र पारदर्शी गराउनुका साथै बजारको तहहरुलाई कम गर्न मद्दत गर्ने हुँदा उत्पादकले तुलनात्मक रुपमा उचित मूल्य प्राप्त गर्न सहयोग पुग्नुका साथै उपभोक्ताले समेत सुलभ मूल्यमा कृषि उपज खरिद गर्न सक्ने मन्त्रालयले विश्वास लिएको छ ।
मन्त्रालयका सचिव लेखराज दाहालले कृषि सूचना प्रणालीलाई निरन्तरता दिँदै परिस्कृत गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे । यसको लाभ सबैभन्दा बढी व्यापारीले र त्यसपछि किसानले लिनुपर्ने उनको भनाइ थियो ।
स्थानीय तहका प्रमुखहरुको पनि उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका अध्यक्ष बलदेवसिंह गोम्देन तामाङले कृषि उत्पादनमा लाग्ने युवाहरु नहुँदा जमिन बाँझिन थालेको अवस्थामा किसानलाई सहयोग पुग्ने र कृषि कर्म गर्दा आत्मसम्मन र स्वाभिमान उँचो बनाउने खालका कार्यक्रम जरुरी रहेको बताए । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललगायतले कृषि मूल्य सूचना प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]