

विराटनगर, अषाढ १० गते । विराटनगर स्थित पराेपकार घाटमा राती-राति अश्लील हर्कत गर्ने ४ जना पुरूषलाई प्रहरीले पक्राउ गरकाे छ ।
पक्राउ पर्नेमा जिल्ला मोरङ बिराटनगर म.न.पा. ६ बस्ने बर्ष अं.४४ को शुरेन्द्र मणि मन्डल, जिल्ला सुनसरी रामधुनी न.पा. ६ बस्ने बर्ष अं. २५ को कैलाश ढुङ्गाना, जिल्ला भोजपुर रामप्रसाद राई गा.पा.-६ बस्ने बर्ष अं. १८ को मानिस काफ्ले जिल्ला मोरङ बिराटनगर म.न.पा.- ४ बस्ने बर्ष अं.४४ को छबिलाल घिमिरे रहेका छन ।

उनीहरूले अषाढ ९ गते मध्यरातकाे समयमा विराटनगर महानगरपालिका-१ परोपकार घाट स्थित दाह संस्कार गर्ने सार्वजनिक स्थानमा जम्मा भई हो-हल्ला गर्नुका साथै अश्लील व्यवहार गरेकाेले पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेकाे मध्ये २ जना पुरुष मानिसहरु निर्वस्त्र रहेको पाईएकाे थियाे ।
ती मानिसहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]