

विराटनगर, अषाढ १२ गते । साइबर सुरक्षा तथा अन्तर्राष्ट्रिय स्तरकाे एमविए र आइएमविएकाे पढाइ विराटनगरमा हुने भएकाे छ ।
बिराटनगर इन्टरनेशनल कलेजले पत्रकार सम्मल गरी १०० कराेडकाे लगानीमा संचालनमा ल्याएका नयाँ क्याम्पसमा साइबर सुरक्षा तथा अन्तर्राष्ट्रिय एमविए र आइएमविएकाे पढाइ हुने जानकारी कलेजका अध्यक्ष सुलभ बुढाथोकीले दिनुभयो ।
पूर्वी नेपालको शिक्षा, नवप्रवर्तन र प्रविधि क्षेत्रलाई रुपान्तरण गर्ने उद्देश्यसहित एक महत्वाकांक्षी रणनीतिक पहल सार्वजनिक गर्दै अत्याधुनिक नयाँ क्यामपस निर्माण, दुई नयाँ शैक्षिक कार्यक्रमको सुरुवात तथा नेपालको प्रविधि उद्योग सुदृढीकरणका विभिन्न पहलहरूको घोषणा गरेको छ।
शिक्षा, नवप्रवर्तन, उद्यमशीलता तथा रोजगारी सिर्जनालाई एकीकृत गर्दै पूर्वी नेपाललाई विश्वस्तरीय शैक्षिक तथा प्रविधि केन्द्रका रुपमा स्थापित गर्ने दीर्घकालीन दृष्टिकोण कलेजले बाेकेकाेछ ।
कलेजले आफ्नै जग्गामा निर्माण गर्न लागेको नयाँ क्याम्पसमा आधुनिक सिकाइ स्थानहरू, उन्नत प्रविधि प्रयोगशालाहरू, साइबर सुरक्षा प्रयोगशालाहरु, नवप्रवर्तन तथा उद्यमशीलता केन्द्र सहकार्यात्मक सिकाइ स्थानहरु तथा विद्यार्थीका लागि अन्तर्राष्ट्रिय स्तरअनुसार विकसित सुविधाहरु रहने अध्यक्ष बुढाथोकीकाे भनाईछ ।
शैक्षिक विस्तार अन्तर्गत कलेजले बेलायतको प्रतिष्ठित वोल्भरह्याम्प्टन विश्वविद्यालयसँगको सहकार्यमा दुई नयाँ काेर्स सुरु गर्ने घोषणा गरेको छ।
पहिलो पाठ्यक्रम वी.एससी (ऑनर्स), वी.साइवर सुरक्षा रहेकाेछ । जसले डिजिटल युगमा बढ्दो साइबर सुरक्षाको माग पूरा गर्दै विद्यार्थीलाई उच्चस्तरीय साइबर सुरक्षा विशेषज्ञका रुपमा तयार गर्ने लक्ष्य कलेजले लिएकाेछ ।
दोस्रो कार्यक्रम इन्टरनेशनल मास्टर या बिजनेस एडमिनिस्ट्रेशन (आइएमवीए) रहेकाेछ । जसले नेतृत्व विकास, उद्यमशीलता, नवप्रवर्तन, डिजिटल रुपान्तरण तथा रणनीतिक व्यवस्थापनमा केन्द्रित अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्नेछ।
वि.सं. २०७० मा स्थापना भएको कलेजले हजारौं विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको छ।
शैक्षिक कार्यसँगै कलेजले नेपालको प्रविधि उद्योग विकासमा पनि सकिय योगदान दिने लक्ष्य राखेको छ। यस अन्तर्गत सफ्टवेयर विकास, साइबर सुरक्षा, डिजिटल उत्पादन तथा उदीयमान प्रविधिहरूमा आधारित प्रविधिमूलक कम्पनीहरूको विस्तार गरिनेछ।
पूर्वी नेपाललाई विश्वस्तरीय शिक्षा गन्तव्य, नवप्रवर्तन केन्द्र प्रविधि केन्द्र उद्यमशीलता केन्द्र, र नेतृत्व विकास केन्द्रका रुपमा स्थापित गर्नु हो। यसले भौतिक पूर्वाधार, शैक्षिक उत्कृष्टता र उद्योग विकासलाई एकीकृत गर्दै सिकाइ अनुसन्धान, नवप्रवर्तन र रोजगारी सिर्जनाको समय इकोसिस्टम निर्माण गर्ने कलेजले लक्ष्य लिएकोछ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]