विराटनगर, चैत ३० गते । “सेवा नै धर्म हो” भन्ने अभिप्रायले फेसबुक पेज छिन्नमस्ता उज्यालो अभियानका संचालक मधेश प्रदेश छिन्नमस्ता गाउँपालिका निवासी राहुल शर्माले दर्जनौ गरीब, विपन्न र असाहयलाई सहयोग गरी समाजमा उदाहरणीय काम गरि रहेका छन् ।
शर्मा पेशाले इन्जिनियर भएपछि समाजिक काम अन्तर्गत दिन दुःखी, असाहयहरुको नाम उल्लेख गरी फेसबुक पेज मार्फत सहयोगको आह्वान गरी सो मार्फत संकलन भएको रकम संम्बन्धित व्यक्ति सम्म पु¥याउने काम गर्दै आएको छ ।
हालै मधेश प्रदेश जिल्ला सप्तरी छिन्नमस्ता गाउँपालिका वडा–३ गोविन्दपुर निवासी विलेती सदा विदेशमा खुट्टा गुमाई स्वदेश फर्केका थिए । सदा विपन्न, गरीब भएको कारण उपचार गर्ने असमर्थ थिए । शर्माकै अगुवाईमा स्थानीय बासीन्दाहरुको सहयोगमा गजेन्द्र नारायण हस्पिटल राजविराजमा उपचार भई रहेको छ ।

सदालाई नगद २१ हजार ८ सय ८७ रुपिया ९२ पैसा सहयोग रकम संकलन गरी हस्तान्तरण गरिएको छ भने उनको उपचारको लागि लाग्ने अरु खर्चको लागि सहयोगी हातहरुको खोजीमा छन् । सहयोग गर्ने मनकारीमहानुभावले छिन्नमस्ता उज्यालो अभियान पेजमा गएर इ–सेवा वा खाता नं. स्केन गरी बैक मार्फत सहयोग गर्न ई. शर्माले आह्वान समेत गरेका छन् ।
यस अघि क्यान्सर पीडित फुलोदेवी मुखिया लगायत दर्जनौ विरामीको उपचारका लागि सहयोग जुटाउँदै आएका छन् । ई. शर्माले आफूले सानो पहलकदमी लिँदा सहयोग जुट्ने भएकाले सेवा नै धर्म हो भनी ठानेर गरीब, दुःखी, विरामीहरुलाई विद्यार्थी काल देखि नै सामाजक कार्य संचालन गर्दै आएको ई. शर्माले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]