बिराटनगर, जेष्ठ २ गते । सुनसरी र मोरंगका छुट्टाछुट्टै स्थानवाट ठूलो परिणामको गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
घटनाको विवरण अनुसार मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका–५ मेहेता टोलको भित्री सडक खण्डबाट को. १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा गाँजा सहित मानिस पक्राउ गरिएको थियो ।
उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको थियो । ट्रकबाट गाँजा बरामद भएसंगै चालक भिमफेदी नगरपालिका–१४ मकवानपुरका २५ बर्षीय चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका–६ मोरङका बल बहादुर लिम्बु र देवानगञ्ज गाउँपालिका–४ का ३० बर्षीय अरबिन्द पाललाई समेत प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भारतिय रुपैयाँ १ लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोवायल सेट समेत बरामद गरेको थियो ।
त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१७ आईसीपी रोडमा काँचो केरा बोकेको प्रदेश १–०२–०२ च. ६३३१ नम्बरको पिकप भेनबाट केरा सहित गाँजा अनलोड गर्दे गरेको भन्ने बिशेष सूचनाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त पिकप भेनबाट २५० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको थियो ।
गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाँउपालिका–३ धनकुटाका १८ बर्षीय दिवस राईलाई समेत पक्राउ गरीएको थियो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]