विराटनगर, जेष्ठ ७ गते । देशव्यापी रुपमा ५ वर्षदेखि ८ वर्ष उमेर समूहका करीब १४ लाख बालबालिकालाई आउँदो जेष्ठ १३ गते देखि जेठ २६ गते सम्म पोलियो विरुद्धको आईपीभी खोप अभियान संचालन हुने भएको छ ।
सोही अभियानको बारेमा जानकारी गराउन स्वास्थ्य कार्यालय मोरंगले जिल्ला खोप समन्वय समितिका पदाधिकारी एवं संचारकर्मीहरुको लागि अभिमुखिकरण गरेका छन् । सोही अभिमुखिकरणमा मोरंग जिल्ला भर खोप अभियानमा ५२ हजार ३ सय ५२ बालबालिकालाई खोप लगाउने तयारी गरेकाको छ ।
मोरंग जिल्लाको १ महानगरपालिका ८ नगरपालिका र ८ गाउँपालिका गरी जम्मा १७ पालिकामा ६ सय ७२ बटा केन्द्रबाट ५ देखि ८ बर्षका बालकालिकाहरुलाई खोप लगाउने व्यवस्था मिलाएको छ । उक्त खोप अभियानमा १ हजार ६७ विद्यालयलाई समेटिएको छ । जम्मा खोप दिने ७ सय ८३ जना स्वास्थ्य कर्मी र १ हजार ७८ जना स्वयसेवक रहनेछ । १ सय ६४ सुपरिवेक्षक (पालिका स्वास्थ्य संस्था) रहने छ । उक्त अभियानमा शिक्षक र स्वास्थ्य कर्मी गरी १ हजार ६ सय ७९ जनाको सहभागीता रहने छ ।
उक्त अभियानमा मिक्लाजुङबाट १ हजार ४ सय ८२, लेटाङ २ हजार २ सय ७७, केरावारी १ हजार ६ सय ६८, सुन्दरहरैचा ८ हजार ६ सय ४, बेलबारी ४ हजार ३ सय ९२, कानेपोखरी २ हजार २ सय ७९, पथरीशनिश्चरे ४ हजार ३ सय १२, उर्लाबारी ४ हजार ८ सय २२, रतुवामाई ३ हजार ७ सय १, सुनबर्षि ३ हजार ६ सय १, रंगेली २ हजार ९ सय ८, ग्रामथान १ हजार ७ सय ५७, बुढीगंगा २ हजार ९ सय ४, विराटनगर १८ हजार ८ सय ६४, कटहरी २ हजार ५ सय ७८, धनपालथान, ३ हजार ५ सय ३८, जहदा ३ हजार १ सय ६६ लक्षित बालबालिकाको सहभागी हुने अनुमान गरिएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख डा. सुरेश महताले जानकारी गराए ।
खोप अभियान सफल बनाउन स्वास्थ्य कार्यालय मोरङले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, खोपकर्मी र शिक्षकहरूलाई यस अघि नै अभिमुखीकरण गराई सकेको छ । उक्त अभियान विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालयमै खोप दिइनेछ भने अरूलाई बाह्य केन्द्रबाट खोप प्रदान गरिनेछ ।
उक्त अभिमुखिकरणमा जिल्ला समन्वय समिमिका उपप्रमुख उषा झा, स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारी, स्वास्थ्य कार्यालय मोरङका स्वास्थ्य अधिकृत उत्सव पोखरेलको उपस्थिति रहेको थियो । स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले खोपका बारेमा संचारकर्मी लगायतका सहभागीहरुलाई खोपको बारेमा जानकारी गराएका थिए ।
जिल्ला खोप समन्वय समितिका पदाधिकाारी एवं संचारकर्मीहरुको लागि अभिमुखिकरण जिल्ला खोप समन्वय समितिका अध्यक्ष अजम्बर राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]