बिराटनगर, जेष्ठ ७ गते । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आईतवार झापाको बिर्तामोड नगरपालिका–३ स्थितमा रहेको एक रेष्टुरेण्टमा लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का २६ बर्षीय कुन्दन कुमार शर्मा र भारतिय नागरीक २३ बर्षीय रोहित मुखियालाई २० ग्राम ४०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियो ।
सोही दिन मोरङको रतुवामाइ नगरपालिका–२ स्थित इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री रतुवामाई–९ का २३ बर्षीय बिशाल थारु चौधरीलाई ट्रामाडोल, स्पास्मो र नाईट्राभेट गरि जम्मा ३५७ ट्याब्लेट नियन्त्रित औषधी सहित पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३३ मिलिग्राम ब्राउनसगुर सहित बिराटनगर–१६ दरैयाबाट बिराटनगर–११ की ३२ बर्षीया कल्पना राजभण्डारीलाई पक्राउ गरेको थियो ।
त्यस्तै सुनसरीको हरिनगर गाउँपालिका–७ स्थित प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले को. ३८ प ८८९२ र को. १३ प ४२४५ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट श्रोत नखुलेको नेपाली नगद १० लाख ९ हजार २६० र भारु नगद १३० रुपैया, नियन्त्रित औषधी स्पासमो ३२ पिस गाँजा सहितको चिलिम १ थान र बिभिन्न कम्पनीको मोवाईल ५ थान बरामद गरेसगै मोटरसाईकलमा सवार देवानगंज–२ का २५ बर्षीय रहमान मियां, २४ बर्षीय सफराज मियां, २१ बर्षीय कुन्दन यादव, १९ बर्षीय विकास कुमार यादव र १८ बर्षीय प्रकाश कुमार यादवलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]