विराटनगर, जेष्ठ ११ गते । विराटनगर–६ घर भएकी ७२ वर्षीया समसा बेगामको उपचारको क्रममा मृत्यु भएपछि कोशी अस्पताल तनावग्रस्त भएको छ।
विरामीका आफन्तहरुले उपचारमा ढिलासुस्ती र आइसियूमा नराखि उपचार गरेको कारणले विरामीको मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा नाराबाजी गरेका छन् । उनीहरुले उपचारमा ढिलाइ गर्ने चिकित्सक र नर्सलाई कारवाही गरिनुपर्ने माग राख्दै प्रर्दशनमा उत्रिएका छन् ।
स्वासप्रश्वासमा समस्या भएपछि बेगामलाई आज दिउँसो कोशी अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि ल्याएको थियो । आकस्मिक कक्षमा खटिएका चिकित्सकले तत्काल आइसियूमा राखेर विरामी उपचार गरिनुपर्ने सुझाब दिए । विरामीलाई आइसियूमा राखेर उपचारको लागि रेफर पनि गरिदिए । तर, १२ वेडको कोशीको आइसियू जहिले प्याक हुने गरेको छ । आज पनि आइसियूको शैय्या विरामीले भरिएको थियो । आइसियूमा दुई वटा बेड आकस्मिक रुपमा शल्यक्रिया गरेर राखिने विरामीको लागि दुई वटा बेड छुट्याएको हुन्छ ।
एमेरजन्सीको लागि प्रसूती वार्ड र सर्जरीबाट आएका विरामीको लागि गरी दुई वटा बेड आइसियूमा राखिएको हुन्छ । उक्त बेडमा विरामी नराखी उपचार गर्दा बेगमको ज्यान गएको वेगमको परिवारका आरोप छ ।
समयमै आइसियूमा लगेर उपचार नगर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कारवाहीको गरिनुपर्ने माग राख्दै विरामीका आफन्त शव बुझेका छैनन् ।
सोही विषयको समाचार संकलन गर्न पुगेका लार्यभ न्यूज रफ्ताका पत्रकार सोनु दासलाई डाक्टर फरवार्डले दुव्र्यवहार गरेको र सोही क्रममा क्यामरा पर्सन कपलेश यादव घाईते भई न्यूरो अस्पतालमा उपचार भई रहेको छ । पत्रकार माथि दुव्र्यव्यवहार र कुटपिट गर्नेलाई कडा कारवाही गर्न संघ संगठनहरुले माग गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]