विराटनगर, जेष्ठ १८ गते । संघिय खानेपानी मन्त्री राजेन्द्र कुमार राईले स्थानीय, प्रदेश र संघिय सरकार मिलेर खानेपानीको समस्या समाधान गर्नुपर्ने वताएका छन् ।
उक्त कुरा टंकीसिनुवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्था बुढीगंगा–३ नेमुवा मोरंगको १३ औं वार्षिक साधारण सभा एवम् संस्थाद्वारा संचालित टंकी सिनसवारी सहलगानी खानेपानी तथा आयोजनाको समुद्घाटन गर्दै वताएका हुन् ।
हरेक चीजमा समस्या हुन्छ । दुनियाँमा समस्या विनाको केही हुँदैन र त्यसको समाधान पनि हुन्छ । खानेपानीमा हिमाल, पहाड र तराई सबै ठाउँमा समस्या छ । त्यो समस्यालाई समाधान गर्न तीनै तहको सरकार योजना वनाएर बजेट बनाउनु पर्छ भन्दै शुद्ध पानी पिउन आम नागरिकको अधिकार भएको मन्त्री राईले वताए ।
त्यसैगरी सोही समुद्घाटन कार्यक्रमा कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले भने स्वभाविक रुपमा खानेपानीको समस्या छ । शुद्ध खानेपानी मोरंग बुढीगंगा गाउँवासीलाई खुवाउने योजना ल्याएकोमा टंकीसिनुवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्था र उभोक्तालाई धन्यवाद दिए । स्थानीय सरकारले भौतिक पुर्वाधारलाई मात्र विकास भएको ठान्छन तर जवसम्म मानविय विकास र जनताको खल्तीमा पैसा हुँदैन तव सम्म विकास सम्भव छैन मन्त्री कार्कीका भनाई थियो ।


सोही अवसरका संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख सुरतलाल चौधरी लगायत निर्माण कार्यमा सहयोग गर्नेहरुलाई सम्मान गरेका थिए ।टंकीसिनुवार सह लगानी खानेपानी तथा सरसफाई आयोजना निर्माण्मा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशतको लगानीमा आयोजना निर्माण भएको छ । आयोजनामा कुल लागत ३० करोड ७८ लाख ४७ हजार १ सय २५. ८१ रुपियाँ लागेकोमा नेपाल सरकारवाट २१ करोड ५४ लाख ९२ हजार ९ सय ८८.०७ रुपियाँ र उपभोक्ता समितिवाट ९ करोड २३ लाख ५४ हजार १ सय ३७.७५ रुपियाँ लगानी भएको छ ।
बहुवर्षे आयोजना अन्तर्गत २०७७ साल जेष्ठ १३ गते काम शरु गरी निर्माण समय थप गर्दै अन्तिम अन्तिम समय २०८१ अषाढ १० रहेकोमा सो अगावै निर्माण कार्य सम्पन्न भएको आयोजन संचालक समितिका उपाध्यक्ष भुवनेश्वर मण्डलले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]