चन्दन रौनियार
दुहबी, जेष्ठ २९ गते । सुनसरीको दुहबी नगरपालिका-७ स्थित भलुवा खेलमैदानमा संचालन हुने दशौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।
बुधबार (भोली) बाट संचालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष शिब पशुपति कुमार सरदारले पत्रकार सम्मेलन गरी जानकारी गराएकाे हाे ।
प्रतियोगितामा स्थानीय आयोजक सहित आठ वटा क्लबले प्रतिस्पर्धा गर्ने आयोजक क्लब गोल्डेन स्टार युथ क्लबका अध्यक्ष अनिल कुमार बिश्वासले जानकारी गराए ।
असार ४ गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी, गंढी युथ स्पोर्टिङ क्लब, नेपाल एपिएफ कोशी प्रदेश, सहलेश युवा क्लब रारा फुटबल धनकुटा, विराटनगर सिटि एफसि विराटनगर मोरङ , chatya .sa .fc. दमक झापा लगायत आयोजक क्लब गोल्डेन स्टार युथ क्लब बिच प्रतिस्पर्धा हुने जनाइएको छ ।
बिजेता टिमले  उपाधी सहित नगद ४ लाख १ सय १ रुपैया सहित सिल्ड मेडल प्राप्त गर्ने छ । उपबिजेता टिमले नगद २ लाख १ सय १ रुपैया सहित सिल्ड मेडल प्राप्त गर्ने छ । विभिन्न विधा तर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ४१ खर्च हुने आयाेजकले अनुमान गरेकाे छ । पत्रकार सम्मेलनमा बोल्दै दुहबी वडा नम्बर  ७ का वडाअध्यक्ष बिजय कुमार चौधरीले भलुवा गोल्डकपलाई गरेको सहयोगको विषयमा जानकारी दिंदै भलुवा गोल्डकपलाई विभिन्न संघ संस्था र ब्यक्तित्वहरुले गरेको योगदानको चर्चा गरेका थिए ।
त्यसैगरी मिडिया पार्टनको रुपमा कोशीपत्र दैनिक , न्युजपार्क अनलाइन, दुहबी टाइम्स साप्ताहि, कोचिला एफ एम, कोचिला खबर, प्रतिक्षण दैनिक र गोलनेपाल डक कम रहेको आयोजकले जानकारी दिएका छन ।
उद्घाटन खेलराष्ट्रिय जागृति फुटबल क्लब इटहरी र गंढी युथ स्पोर्टिङ क्लब बिच हुनेछ

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]