विराटनगर, जेष्ठ ४ गते । काेशी प्रदेशको राजधानी विराटनगरको छिमेकी मुलुक भारतको बिहार राज्यको अररिया जिल्लामा रहेको फारबिसगंज बजारमा एयरपोर्ट निर्माण गर्नुपर्ने माग गर्दै अन्तर्राष्ट्रिय संघर्ष समिति गठन गरिएको छ।
नेपाल सोनार समाज फाउन्डेशनका अध्यक्ष तथा नेपाली कांग्रेस विराटनगर महानगर प्रचार प्रसार विभागका सदस्य महेश साह स्वर्णकारको संयोजकत्वमा गठित उक्त समितिले मंगलबार नेपाल-भारत सीमानाका रानीमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ।
अभियानको सह-संयोजकमा राजेश कुमार शर्मा रहेका छन् भने नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले प्रमुख अगुवाई गरेका छ ।
नेपाल भारत रेल यात्रु सहजीकरण समिति को सचिव विकास मण्डल र किरण राय अमात सहित व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
एक सांस्कृतिक, आर्थिक र भौतिक रूपमा उत्कृष्ट स्थान हाे । नेपाल-भारत सीमाना सम्बन्ध बेटीराेटी जस्तै रहेकाे छ । फारबिशगंज बजारमा एयरपोर्ट बन्दा दुबै देशकाे नागरिक लाई फाईदा पुग्नेछ ।
एयरपोर्टको निर्माण र संचालनले व्यापारलनई मजबूती बनाउने संघर्ष समितिले विश्वास लिइएको छ । फारबिसगंजमा एयरपोर्ट निर्माण भएमा विराटनगरलगायत पूर्वी क्षेत्रका बासिन्दालाई यसको प्रत्यक्ष फाइदा हुने भन्दै संघर्ष समितिले यस्तो अभियान अघि बढाएको जनाइएको छ।
नेपाल र भारत दुवै देशका नागरिकलाई समेत लाभ पुग्ने भएकाले दुवै देशका सरकारले समेत यस विषयलाई गम्भीरता पूर्वक लिनुपर्ने माग गरिएको छ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]