राजेश कुमार राजवंशी
विराटनगर, अषाढ १३ गते । नेपाल कम्युनिस्ट पार्टी समाजवादीले तेस्रो वार्षिक उत्सव विविध कार्यक्रम गरी बुधबार सम्पन्न गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टी देश भरी आत्मनिर्भर राष्ट्रिय अर्थनीति -जिन्दावाद, उत्पादनमा राष्ट्रवाद, उपभोक्तामा राष्ट्रियता मूल नाराको साथ देशभरी कार्यक्रम गरी वार्षिक उत्सव सम्पन्न गरेकाे हो ।
नेपाल कम्युनिस्ट पार्टी सचिवालय सदस्य तथा कोशी प्रदेश इन्चार्ज कार्यक्रमको प्रमुख अतिथि शुशील राजवंशीले भने पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुनेछ । व्यापक रुपमा अभ्यास गरिएको सर्वहारा जनवादको जगमा वैचारिक केन्द्रीयता, वैचारिक केन्द्रीयताको आधारमा संगठनात्मक एकता र संगठनात्मक नियमहरूको पालना गर्नु जनवादी केन्द्रीयताको मूल मर्म हुनेछ भन्दै जनवादी मान्यतामा आधारित संगठनको मातहतमा व्यक्ति रहने, कमिटीमा व्यापक छलफलको आधारमा निर्मित बहुमतको मातहतमा अल्पमत रहने, माथिल्लो कमिटीको मातहतमा तल्ला कमिटीहरू रहने, सि‌ङ्गो पार्टी केन्द्रीय समितिको मातहतमा रहने र केन्द्रीय समिति र राष्ट्रिय परिषद महाधिवेशनको मातहतमा रहने संगठनात्मक पद्धतिको पालना गर्ने वहाँकाे भनाई थियोे ।
त्यसैगरी छलफल एवं विचार अभिव्यक्तिको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको नीति अवलम्बन गरिनेछ ।काम-कारबाहीमा एकरूपताको नीतिको अवलम्बन हुने स्थितिमा कार्यनीति कार्यान्वयनको चरणका विषयहरू बाहेक दर्शन, विचारधारा, सिद्धान्त र राजनीतिसँग सम्बन्धित विषयहरूमा मतभेद रहेमा र ती मतभेदहरूलाई सम्बन्धित सदस्यहरूले सार्वजनिक छलफल गर्न चाहेमा पार्टी केन्द्रमा दर्ज गरी सार्वजनिक बहसमा समेत लैजान सक्नेछ राजवंशीले वताए ।
वार्षिक उत्सवमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रमेश साहले हाम्रो पार्टी दुई वर्ष पारगरि तेस्रो वर्षमा प्रवेश गरेको छ। यो पार्टीलाई कोसी प्रदेशमा साङठनिक हिसावले तिव्ररुपमा अगाडी वढाउने वताए ।
महिला विभागको तर्फ वाट बोल्दै कला देवी राजवंशीले हामी आउदो चुनावमा कम्तीमा यो प्रत्यक्ष र समानुपातीबाट महिलाको नेतृत्वमा सांसद हुनु पर्नेमा जोड दिएका थिए ।
तेस्रो वार्षिक उत्सव कार्यक्रम विराटनगर महानगरपालिका वडा नं. ८ गणेश सामुदायिक भवनमा नेपाल कम्युनिटीका समाजवादिका केन्द्रीय सदस्य सुनिता कुमारी राजवंशीको अध्यक्षता वार्षिक कार्यक्रम भव्यताका साथ सम्पन भएकाे थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]