सुनिल कुमार यादव
विराटनगर, अषाढ २१ गते । लगानी बढाएसँगै कोशी प्रदेश खेलकुदमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । खेलकुदका पूर्वाधार विकासले तीव्रता लिएसँगै सरकारले लिएको नीतिहरूले सबै जिल्ला र पालिकाहरुमा पूर्वाधारहरू धमाधम निर्माण हुन थालेपछि खेलाडी उत्साहित भएका हुन् । पछिल्लो समय सरकारले लिएको ’एक पालिका एक खेल मैदान’ को नीतिले स्थानीय तहसम्म खेलाडी उत्पादन हुने प्रशिक्षण हुने अवस्था सिर्जना भएको छ । प्रदेश सरकारले खेलकुद क्षेत्रमा बढाउँदै लागेको लगानीले पछिल्लो समयमा खेल पूर्वाधारमा समेत कोशी प्रदेश अघि बढ्दै गएको छ ।
कोशी प्रदेश सरकारले गएको तीन वर्षमा पूर्वाधार विकासका लागि २७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ । जसमा, आर्थिक वर्ष ०७८–०७९ मा २ करोड २० लाख, ०७९÷८० मा ७ करोड ८७ लाख, ०८०–०८१ मा १७ करोड ७८ लाख रुपैयाँ खर्च भएका छ । यस्तै, स्थानीय तहलाई वित्तीय हस्तान्तरणतर्फ आर्थिक वर्ष ०८०–०८१ मा १६ करोड २८ लाख रुपैयाँ बजेटका १ सय १७ वटा योजना हस्तान्तरण गरेको थियो । जस्तो कि, प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै काठमाडौँपछि पहिलो पटक मोफसलमा रात्रिकालीन खेलका लागि स्थायी फ्लड लाइट विराटनगरको सहिद रङ्गशालामा निर्माण गर्यो ा । रङ्गशालामा स्थायी लाइट जडान भएपछि विराटनगरमा रात्रिकालीन खेलकुदका प्रतियोगिताहरू हुन थालेका छन् । विराट गोल्डकप मात्रै नभई विद्यालय स्तरीय, कलेज स्तरीय फुटबलका साथै भेटूान फुटबल प्रतियोगिता हुन थालेको हो । विराटनगरको चर्को गर्मीमा खेल्न बाध्य भएका खेलाडीहरू रात्रिकालीन खेल हुन थालेपछि खुसी भएका छन् । यहाँ स्थायी लाइट जडानपछि नेपाल फुटबलको राष्टिूय टोलीले रात्रिकालीन खेलको अभ्यास गर्न समेत आउन थालेका छन् । विराटनगरमा भएको फुटबलको रात्रिकालीन खेलमा दर्शक र खेलाडीको उत्साह देखे देश अन्य स्थानमा समेत लाइट जडान हुन थालेका छन् ।
पूर्वाधार सँगै खेलाडी प्रोत्साहनमा समेत कोशी प्रदेश अघि नै छ । राष्टिूय तथा अन्तर्राष्टिूय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि प्रदेश सरकारले अभिलेखीकरण गर्दै उनीहरूलाई पुरस्कृत र सम्मान गरेको छ । प्रदेशबाट प्रतिनिधित्व गरेको पुराना तथा नयाँ खेलाडीले पाएको पदकका आधारमा सम्मान गर्दै आएको हो । सम्मानका लागि आर्थिक वर्ष ०७८–०७९ मा १५ लाख रुपैयाँ, ०७९–०८० मा १ करोड ६ लाख, ०८०–m
८१ मा १३ लाख रुपैयाँ खर्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले २०७८ सालमा ७ जना ओलम्पियन खेलाडीलाई सम्मान गरेको छ । साग र एसियाली खेलका १ सय ४१ जना खेलाडीलाई सम्मान गरेको छ । नवौँ राष्टिूय खेलकुदका ८२ जना, १३ औँ राष्टूपति रनिङ शिल्ड प्रतियोगिताका ३९ जना, अन्तर्राष्टिूय पदक विजेता १४ जना खेलाडीलाई सम्मान गरेको हो ।खेल र खेलाडीको विकासका साथै पूर्वाधार निर्माणमा काठमाडौँपछि रहेको खेलाडीहरूले समेत बताउँदै आएका छन् । विराटनगरको स्थायी लाइटमा फुटबलका खेलाडी मात्रै होइनन् हक्कीका खेलाडीमा समेत उत्साह देखिएको छ । प्रत्येक वर्ष विराटनगरमा हुने हक्कीको राष्टिूय प्रतियोगिता दिउँसो घाम हुने गरेको थियो । स्थायी लाइट जडानपछि उनीहरू सहिद रंगशालामा रात्रिकालीन खेलको अनुभव सुनाएका थिए । प्रदेश सरकारले इटहरी, धरान, झापालगायतका रङ्गशालामा पनि फ्लड लाइट केही जडान गरेको छ, भने बाँकी रहेको स्थानमा यसै वर्ष जडान पूरा गर्ने बताइएको छ । यसबाहेक प्रत्येक पालिकामा रङ्गशाला निर्माण, मर्मत, घेराबेरा लगायतको काम गर्दै आएको छ । भने, विभिन्न स्थानमा ब्याडमिन्टनका लागि कभर्ड हल निर्माण भई सकेका छन् भने केही अन्तिम चरणमा रहेको छ ।
खेलाडीको दिगो व्यवस्थापनमा जोड ! पूर्वाधारमा लगानी गरिरहेको कोशी प्रदेश सरकारले खेलाडीहरूको दिगो व्यवस्थापनमा समेत काम गर्दै आएको छ । पुरानो खेलाडीको अभिलेखीकरण सँगै खेलाडी सम्मान कार्यक्रमले खेलाडीहरूको आत्मसम्मान समेत बढ्ने सागमा स्वर्ण विजेता रहेका राम लिम्बू बताउँछन् । ‘राष्टिूय र अन्तर्राष्टिूय खेलमा सहभागिता जनाएका र पदक विजेतालाई खेलाडी, प्रशिक्षकलाई सम्मान गर्ने कामले पछिल्लो पुस्ताका खेलाडीलाई ऊर्जा थपेको छ’ लिम्बुले भन्छन् ’यसले पनि उनीहरूमा खेल्नु पर्छ भन्ने भावना जागृति हुन थालेको पाएको छु ।’
प्रदेश सरकारले एसियन र सागमा मेडल प्राप्त गर्ने तथा ओलम्पियनमा सहभागिता जनाएका खेलाडीलाई आजीवन भत्ता दिने विषयलाई प्रदेशले कार्यक्रममा समेट्नु पर्ने लिम्बु बताउँछन् । ’खेलाडीमा खेल्ने मात्रै नभई पदक जित्नु पर्छ भन्ने भावनाका विकाश गराउनु पर्छ, त्यस्ता खेलाडीलाई मासिक रूपमा भत्ता वा केही शीर्षक राखेर खेलाडीले पाउने नीति सरकारले ल्याए खेल्न पर्छ भन्ने भावनाको जागृति हुन बल पुग्थ्यो’ लिम्बुले भने ’ओलम्पियन र एसियन खेलका खेलाडीका साथै अन्य खेलाडीहरूलाई पनि नियमित भत्ताको व्यवस्था मिलाए राम्रो हुन्थ्यो ।’ लिम्बुले भने जस्तैः कोशी सरकार अन्तर्गत रहेको प्रदेश खेलकुद विकास बोर्डले ’नोटेट’ अन्तर्राष्टिूय खेलकुदमा पदक विजेताहरूलाई प्रोत्साहनको नीति लिन अध्ययन समेत गर्दै आएको छ ।
हुनतः पछिल्लो समय प्रदेशले गरेको सम्मान कार्यक्रमले खेलाडीमा एक किसिमको ऊर्जा भने भरेको प्रतिक्रिया खेल क्षेत्रका जानकारहरूको छ । ’कहिले नभएको सम्मान प्रदेश सरकारले गरेको’ भनेर खेलाडीहरू प्रदेश सरकार सँग सकारात्मक रहेका छन् । अब भने सरकारले नीति बनाएरै कुनै पनि खेल खेलेर आफ्नो जीविकोपार्जन गर्न सकिन्छ विश्वास दिलाउन सक्नु पर्ने माग खेलाडीहरूको छ । ’सरकारले एक पटक सम्मान गरेर दायित्वबाट पन्छिए जस्तो मात्रै देखियो । पहिले त यो सम्मान समेत नहुने हुँदा पछिल्लो सरकारले गरेको कार्यप्रति सम्पूर्ण खेल जगत नै उत्साहित छन्’ लिम्बूले भने ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्टिूय तथा अन्तर्राष्टिूय खेलकुदमा पदक हात पार्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्न थालेको छ । यसले पनि उनीहरूमा उत्साह जागेको बताएका छन् । प्रदेशबाट प्रतिनिधित्व गर्दै मुलुकको नाम उच्च पार्न खेलाडी र प्रशिक्षकको भूमिका अहम् रहने बताइएको छ । आगामी दिनमा समेत सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयमा शिक्षासँगै मैदान निर्माण गरिए खेलाडी उत्पादनमा सरकारको ध्यान रहने प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले बताए । सीमित स्रोतका बाबजुद कोशी सरकारले खेलकुदको लागी राम्रो वातावरण निर्माण गर्न लागी परेको बस्नेत बताउँछन् ।‘सीमित कर्मचारी र प्रशिक्षकबाट काम गर्न समस्या भइरहेको छ । प्रशिक्षक र खेल संरचना पर्याप्त नहुँदा सोच अनुरूपको सफलता पाउन सकिएको छैन’ बस्नेतले भने ’त्यही भएर पछिल्लो समय प्रदेश सरकारले पहाडी जिल्लामा केही खेलका संरचना तयार गरिसकेको छ भने अन्य ठाउँमा निर्माणाधीन अवस्था छ।’
खेलकुदमा राज्यको लगानी नै कम ! खेलकुदमा चाख बढ्दै गए पनि राज्यले भने खेलकुदमा गरेको लगानी न्यून छ । सङ्घ सरकारसँगै अन्य सरकारहरूको समेत खेलकुद क्षेत्रमा लगानी पर्याप्त छैन । राज्यको लगानी कम रहेको स्विकार्छन् कोशी खेलकुद बोर्डका सदस्य सचिव बस्नेत । प्रदेशमा विभिन्न खेलका लागि आवश्यक भौतिक संरचना जति हुनुपर्ने हो त्यो छैन । एक पालिका एक खेल मैदानको अवधारणा अनुसार सबै ठाउँमा नयाँ संरचना बनाउने र भएका संरचनालाई स्तरोन्नतिको काम भने प्रदेशले गरिरहेको छ । बन्दै गरेका भौतिक संरचनाहरू पनि जुन गतिमा बन्नु पर्ने हो त्यो गतिमा बन्न नसक्दा खेलाडीलाई खेल प्रदर्शन गर्नका साथै नियमित प्रशिक्षण गर्न समस्या रहेको बस्नेत बताउँछन् । ’सीमित बजेटबाट असीमित कार्य गर्नुपर्ने भएकाले पनि सोच जस्तो संरचना बनाउन सकिरहेका छैनौँ’ बस्नेतले भने ’प्रदेश खेलकुदको सदस्यसचिव मात्रै नभई खेलकुद महासङ्घको राष्टिूय अध्यक्ष पनि हुँ । त्यस कारण देशभरका सबै खेल र खेलाडीका समस्यासँग राम्रोसँग भिजेको छु । राज्यले खेलकुद क्षेत्रमा गर्ने खर्चनै कम छ ।’
१८ खर्बको राष्टिूय बजेट आउँदा खेलकुद क्षेत्रमा ३ अर्ब ६० करोड मात्रै बजेट आएको बस्नेत बताउँछन् । हुनत ः तुलनात्मक रूपमा सामाजिक विकास मन्त्रालयले गएको वर्ष १ अर्ब १० करोड पाउँदा खेलकुदलाई थोरै मात्र बजेटको व्यवस्थापन गरेको थियो । खेल र खेलाडीको विकास गर्ने हो भने बजेटको सङ्ख्या बढाउन जरुरी छ । खेलकुदमा मात्रै बजेट कम आउने हुँदा जहिले पनि दुःख सुखका साथ चलायमान बनाउन बाध्य छौँ’ बस्नेतले भने । खेलका नियमित प्रशिक्षण, प्रतियोगिता हुनुअघि बन्द प्रशिक्षणलगायत खेल र खेलाडीले पाउने सुविधा बजेट कम भएकाले खेलकुद क्षेत्रलाई चाहेको जस्तो बनाउन नसकिएको बस्नेत स्विकार्छन् ।
सरकारको लगानी मात्र हैन, खेलकुद क्षेत्रको कर्मचारीहरूको अभावले समेत समस्या निम्त्याइरहेको बस्नेत बताउँछन् । प्रदेश खेलकुद बोर्डमा कर्मचारी समायोजनको विषय अझैसम्म टुङ्गिएको छैन । जसले गर्दा कर्मचारीको सङ्कट प्रदेश खेलकुदले भोगिरहेको छ । ‘कार्यालय सञ्चालन गर्न हामीसँग कर्मचारी कम छन् । कोशी प्रदेशमा राष्टिूय खेलकुद परिषद्अन्तर्गतका ९२ जना प्रशिक्षक र कर्मचारीहरू छन् । उनीहरूको हाजिर प्रमाणित गर्ने र काम लगाउने अधिकार प्राप्त गरेका छौँ’ सदस्यसचिव बस्नेतले भने ’तर, त्यो चाहिँ पूर्ण समायोजन भएर प्रदेश खेलकुद बोर्डमा आउने वातावरण बनिसकेको छैन । एक वर्षको कानुनी प्रावधान थियो । अब एक वर्ष नभएपछि यसलाई कानुनी रूपमै हल गर्ने विषय बनेको छ । खेलाडीहरूका समस्या धेरै छन् ।’ सीमित बजेटबाट गुज्रिरहेको प्रदेश खेलकुद बजेटको सही सदुपयोग नहुँदा समेत पछि परिरहेको छ । बजेट दुरुपयोग गरेर राम्रो संरचना नबाउने, खेलाडीका लागि आएको बजेट उनीहरुले नपाउने जस्ता समस्या रहेको खेल क्षेत्रका जानकारहरू बताउँछन् । ‘केही ठाउँमा बजेट दुरुपयोग भएको पाइन्छ । सही तवरबाट खर्च नभई हतार हतारमा बजेट खर्च गर्दा परिणाम नआउने र खेलाडीलाई केही फाइदा हुँदैन’ बस्नेतले भने ।
राष्टिूय महिला फुटबल टिमका सहायक प्रशिक्षक समेत रहेका श्याम मानन्धर सरकारले खेलकुदमा गरेको लगानी बढाउनु पर्ने बताउँछन् । हुनतः सङ्घीय स्वरूपमा गएपछि समग्र खेलकुद क्षेत्रमा लगानी बढिरहेको भए पनि पर्याप्त नभएको उनको तर्क छ । ‘खेलाडी सम्मानका साथै भौतिक संरचनालाई सरकार ध्यान दिएको अनुभूति भएको छ’ मानन्धरले भने, ’तर, अब भनेको खेलाडीको दिगो व्यवस्थापन र खेल क्षेत्रमा लगानी बढाउने विषयमा राज्यले ध्यानपूर्वक सोच्नु पर्दछ ।’
मानन्धरले पहाडी भूगोलमा सरकारले खेल संरचना विकास गरेको विषयले पछिल्लो समय खेलकुद क्षेत्रमा आकर्षण बढिरहेको बताए । ’पछिल्लो समय सरकारले पहाडी क्षेत्रमा संरचना बनाउने योजनाका साथ अघि बढेकाले खेल क्षेत्रको विकास हुने विश्वास लागेको छ’ मानन्धरले भने, ‘संरचना नहुँदा खेलाडी नै उत्पादन हुँदैनन् । भोजपुर मै भन्ने हुने पहिले ९ साइडको फुटबल मैदान थियो । अहिले यसलाई स्तरोन्नति गर्दै ११ साइडको मैदानका साथै प्याराफिट बनाइएको छ । यस्तै अन्य पहाडी जिल्लामा पनि रङ्गशाला र कभर्ड हल निर्माणले गर्दा खेलाडीहरूमा उत्साह थपिएको छ ।’
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]