विराटनगर, अषाढ २५ गते विराटनगर वडा नं. २ प्रदेश टेलिकम कार्यालय नजिक सेन्ट जोसेफ स्कुलको मोडमा धारिलो कैँची हतियार प्रहार गर्दा एक जनाकाे मृत्यु हुनुका साथै दुईजना घाईते भएका छन ।
मृत्युु हुनेमा मोरङ कटहरी गाउपालिका वडा नं. १ जमटोकी बस्ने बर्ष २१ को करण कामत रहेकाे छ । घाइते हुनेमा साेही ठाउँ बस्ने बर्ष १७ को अमन राय र बर्ष २२ को बिक्रम मण्डल रहेका छन
उक्त स्थानमा दुवै पक्ष बीच वादविवाद भई एक आपसमा झगडा हुँदा साथमा रहेको कैची जथाभावी प्रहार गर्दा तत्काल घाईते भएकोमा १ (एक) जनाको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियोे । अन्य घाईतेको कोशी अस्पताल हुँदै हाल नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।
सोही घटनामा संलग्न रहेकाे आराेपमा जिल्ला मोरङ विराटनगर वडा नं. ११ घर भई हाल वडा नं. २ स्थित विराट नर्सिंङ अस्पताल अगाडी डेरा गरी बस्ने सुरेश गिरीको छोरा वर्ष २० को सोनु गिरी, जिल्ला ताप्लेजुङ दोखु घर भई विगत ६/७ वर्ष देखि साेही स्थानमा डेरा गरी बस्ने पेम्बा शेर्पाको छोरा वर्ष १८ को सन्तोष भन्ने निमा दावा शेर्पा (कैची प्रहार गर्ने), जिल्ला भोजपुर भुल्के घर भई हाल विराटनगर वडा नं. २ विराट नर्सिङ अस्पताल अगाडी बस्ने चन्द्र बहादुर पुरीको छोरा वर्ष २० को संजय पुरी र मोरङ रंगेली घर भई हाल विराटनगर २ स्थित शनिहाट बस्ने बर्ष १६ को नाबालक। (नाम गोप्य) लाई प्रहरीले पक्राउ गरि
थप अनुसन्धान गरिरहेका छन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]