विराटनगर, अषाढ २७ गते । माेरंगकाे बेलबारी नगरपालिका वडा नं. १ र ३ को सीमा क्षेत्रमा एउटा भुस्याह कुकुरले टाेकेर नाै जनालाई घाइते वनाएकाे छ ।
सर्वसाधारणलाई कुकुरले टोक्दै हिडेपछि सो क्षेत्र आतंकीत भएको थियो ।
बेलबारी नगरपालिकाका पशु विभाग शाखाका प्रमुख बाबुराम बस्नेतले एकैदिनमा ११ जना मानिसलाई र ४ वटा कुकुरलाई टोकेको वताए ।
कुकुरको टोकाईबाट बेलबारी–३ की ८५ वर्षीया धनमाया मगर, ८५ वर्षीय पदमबहादुर घिसिङ, उनकी श्रीमती ८० वर्षीया सावित्री घिसिङ, ६२ वर्षीय दिलबहादुर गुरुङ, बेलबारी–१ का ७१ वर्षीय तुलसीप्रसाद दाहाल, ५३ वर्षीय तिलकबहादुर श्रेष्ठ, ४५ वर्षीय फिबुनन्द लावती, ३४ वर्षीय हरिचन्द्र कार्की र ३३ वर्षीय मिलन राई र अन्य घाइते भएका छन ।
कुकुरले मानिसहरकाे मुख, हात, खुट्टामा टोकेको र उहाँहरुको शरीरको विभिन्न भागमा चोट समेत लागेकाे छ ।
घटनापछि घाइतेहरुलाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल विराटनगर ल्याइएका छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]