विराटनगर, साउन ६ गते । ठुलो परिमाणको लागुऔषध गाँजा सहित गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह (पिट) बाट खटिएको प्रहरी टोलीले ठुलो परिमाणको लागुऔषध गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको हाे ।
बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले आज सुनसरीको ईटहरी उप-महानगरपालिका-१ स्थितबाट बा १५ प ७१४ नम्बरको कारमा धरानबाट विराटनगर तर्फ लुकाई छिपाई ल्याउदै गरेको ८ वटा पोकामा रहेको २०० किलो ग्राम लागुऔषध तयारी गाँजा सहित कार चालक धनकुटाको सागुरीगढी गाउँपालिका-८ का ३४ बर्षीय दर्शन राईलाई नियन्त्रणमा लिएको हो ।
बरामद लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको राईको सम्बन्धमा इलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भई रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]