पदमकुमार सरदार
विराटनगर, साउन १३ गते । अपाङगता भएका ब्यक्तिको अधिकार विषयक अन्तर्राष्ट्रिय महासान्धी २००६ को अनुगमनको प्रतिबेदनमाथी विभिन्न संघ संस्थाहरुसंग परामर्श लिएको छ ।
बिराटनगरमा राष्ट्रिय अपाङग महासंघ नेपाल कोशी प्रदेशले एक कार्यक्रमको आयोजना गर्दै बन्न लागेको अन्तर्राष्ट्रिय महासन्धिको प्रतिबेदनमा कस्त–कस्ता हक अधिकार समाबेश गर्न सकिने कुरामा बृहत छलफल गरेको आयोजकले जनाएको छ ।
राष्ट्रिय अपाङग महासंघ नेपाल कोशी प्रदेश अध्यक्ष नबिनचन्द्र ढुंगेलले अपाङगता भएका ब्यक्तीहरुको महासंघ युएनमा प्रस्तुत हुन लागेको प्रतिबेदनमा के कस्ता हक अधिकार समाबेश गर्ने र यसको कार्यान्वयनको अवस्था कस्तो छ, आदि कुरामा छलफल गरेको जानकारी गराए ।
अन्तर्राष्ट्रिय महासन्धि २००६ को अनुगमन प्रतिबेदनमाथी गरिएको परामर्श कार्यशालाबाट संकलित सुझाबलाई अन्तिम रुप दिएर पठाउने तयारी रहेको ढुंगेलले बताए । राष्ट्रिय अपाङग महासंघ नेपालको केन्द्रीय सदस्य मदन कुमार बोहरा अपाङ्गता भएको ब्यक्तिहरुको अधिकारको विषयमा अन्तर्राष्ट्रिय महासान्धी अनुगमनको प्रतिबेदनलाई मुर्तरुप दिन सुझाव संकल गरेको वताए ।
कार्यक्रममा कोशी प्रदेशको विभिन्न मन्त्रालयको प्रतिनिधि, संघ–संस्था र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि लगायत २ दर्जन बढी सरकारी र गैर सरकारी संस्थाहरुको उपस्थिति रहेको थियो।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]