विराटनगर, साउन १६ गते । काेशी प्रदेश सरकारले सेटिङ्गमा ल्याएकाे बजेटकाे विरूद्व संघर्ष गर्ने पुर्व मुख्य मन्त्री केदार कार्कीले घाेषणा गरेका छन ।
काेशी प्रदेश सभाकाे मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरि
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले सेटिङ्गमा ल्याइएको बजेटकाे विरूद्व अभियान संचालन गरि विरोध गर्ने घाेषणा गरेकाे हाे ।
जनताको कर जनतालाई सुम्पने कार्यक्रम अन्तर्गत मेराे पालामा ल्याएकाे कार्यक्रमहरू दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, जसको जंगल उसको मंगल ‘जनावर मैत्री जंगल’, महिला स्वंय सेविकालाई प्रोत्साहन कार्यक्रम, केशलिया करिडोर निर्माण । शैलजा आचार्य हृदय रोगक केन्द्र स्थापना तथा संचालन, विपन्न विद्यार्थीलाई छत्रवृत्ति कार्यक्रम, सुकुम्बासीलाई जग्गा खरिदमा ब्याज अनुदान र प्रदेशमा सगरमाथा दिवस लगायतलाई वर्तमान सरकारले उपेक्षा गरिएकाले लोकतान्त्रिक विधिबाट प्रदेश सभा देखि सडक सम्म जस्तोसुकै संघर्ष गर्ने पुर्व मुख्यमन्त्री कार्कीले वताए ।
सत्ता पक्षमै तपाईंको पार्टी रहेकाे छ कसरी विराेध गर्नुहुन्छ प्रश्नमा पुर्व मुख्य मन्त्री कार्कीले भने जनताको पक्षमा जनताको प्रतिनिधि एक्लैले पनि संघर्ष गर्न सक्छ । तर संघर्ष कहिले देखि गर्ने केही खुलाउनु भएन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]