चन्दन रौनियार
सुनसरी, साउन १९ गते । सुनसरीको इटहरी उपमहानगरपालिका वडा न. ४ स्थित रहेको मनकामना टोल र बेलगाछी टोलमा” एक घर एक विरुवा” नाराका साथ हरियाली सौदर्यकरण अभियान शुरू भएकाे छ ।
अभियान अन्तर्गत लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ मनकामनाको सप्ताब्यपी कार्यक्रम अन्तरगत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
वृक्षरोपण कार्यक्रममा बेलगाछी महिला समुह, बेलगाछी टोल विकास सस्था र मनोकमना टोल विकास सस्थाका प्रतिनिधीहरुको सहभागितामा १ सय ५० अशोकको विरुवा रोपिएको र त्यसको सुरक्षाका लागि तारजाली समेत लगाएको  लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठले जानकारी दिइन ।


४ नम्बर एरिया चिफ कोडिनेटर थानेश्वर ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रम श्री स्थानिय टोल वासीहरु लगायतको सहभागितामा वृक्षरोपण कार्यक्रम गरेकाे वताए ।
सप्ताब्यपी कार्यक्रम अन्तरगत भोकालाई भोजन, सरसफाई, स्टेसनरी वितरण लगायको कार्यक्रमहरु रहेको लायन्स क्लब अफ इटहरी मनकामनाकी सचिव बिजया प्याकुरेलले जानकारी दिइन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]