विराटनगर, भाद्र १५ गते । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितसमेत बनेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको छ । सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।
मंगलबार राती मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएपछि उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो । उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् ।
मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति, सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्रीको पदभार समालिसकेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]