बिराटनगर, साउन २३ गते । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार सुनसरीको अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-१७ का २७ बर्षीय जित बहादुर बुढाथोकीलाई प्रतिबन्धित औषधी ७२० क्यापसुल र ८४० ट्याब्लेट सहित पक्राउ गरेको थियो । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका २ का २३ बर्षीय भुपेन्द्र सिंह राजवंशी र १९ बर्षीय आशिका नेम्वाङ लिम्बुलाई ५६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।
मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले चेकजाँचको क्रममा प्र.१-०२-०४८-प९५०७ नम्बरको मोटरसाईकलमा सवार रहेका बिराटनगर ४ का २० बर्षीय पाञ्जोल घिमिरे र बिर्तामोड झापाका ३५ वर्षिय सरोज बुढाथोकीलाई ४९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेकाे थियाे ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे ४ का ३० बर्षीय हिमाल खतिवडा र ३७ वर्षिय नर बहादुर दाहालललाई ४८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियोे ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]