विराटनगर, भाद्र १८ गते । जनता समाजवादी पार्टी नेपालले सातै प्रदेशमा संचालन गरी जनतासंग जसपा, नेपाल ः आधारभुत सङ्गठन निमार्ण अभियान अन्तर्गत अभियन्ता अभिमूखिकरण कार्यक्रम आन्दोलनका तयारी भएको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वताएका छन् ।
जसपा नेपाल १ नं. प्रदेशले विराटनगरमा आयोजना गरेको अभियन्ता अभिमूखिकरण कार्यक्रमका प्रमुख अथिति जसपा नेपालका अध्यक्ष यादवले सो कार्यक्रमको समुद्घाटन गर्दै सो कुरा वताएको हो ।
संविधान संशोधन गर्नको लागि दुईवटा ठूलो पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार वनाएको छ । हामी पनि संविधान संशोधन गर्न नै चाहेको हो तर त्यो संशोधन मधेशी, आदीवासी जनजाति, दलित लगायत पिछडिएको जातिको अधिकारको लागि र पहिचात सहितको १० प्लस १ प्रदेशको आवधारण ल्याउने गरी संविधान संशोधन गर्नुपर्छ अन्यथा अब मधेशमा मात्र आन्दोलन हुँदैन देशभरी नै जसपा आन्दोलमा उत्रिन्छ त्यसैको तयारी स्वरुप अभिमुखिकरण भई रहेको अध्यक्ष यादवले वताए ।
वहांले अभिमूखिकरण कार्यक्रम अभियन्तालाई अभिमुखिकरण गुर्न भन्दा पनि धेरै समय सरकारलाई गाली गर्न मै खर्चेका थिए । मधेश आन्दोलवाट २०६३ सालवाट राजनीतिक यात्रा शुरु गरेका यादव प्राय सवै सरकारमा भागबण्डाका आधारमा सहभागी भएको थिए । सरकारमा सहभागी भएका वेला सरकारको विरोधमा चुईक नबोलने अध्यक्ष यादव दुई ठूला दल मिलेपछि सरकारमा सहभागीता नपाएपछि जम्मा ४३ मिनेट बोलेकोमा अध्याधिक समय सरकारको विरोध गर्नमै खर्चेका थिए ।
समग्र मधेश एक प्रदेशको नारा लगाउने अध्यक्ष आदल ८ जिल्लालाई मधेश प्रदेश बनाएकोमा गौरव ठान्दै भने हाम्रो प्रदेशमात्र पहिचानका प्रदेश हो । अरुत राजाहरुले नदीको नाममा अञ्चल वनाए अहिलेका नेताहरु पनि नदीकै नामवाट प्रदेश बनाए । फोहर वग्ने नदी पनि पहिचान हन्छ भनेर प्रश्न गरे । चार महिना सम्म जसपा अभियन्ता अभिमुखिकरण अभियान संचालन गर्ने त्यसपछि एकल जातिय शासक विरुद्ध देश भर आन्दोलन गर्ने जसपा केन्द्रीय अध्यक्ष यादवले वताए ।
रकम चेम्जोङ सह अध्यक्ष जनता समाज वादी पार्टी, नेपाल, राम कुमार शर्मा महासचिव, केन्द्रीय सदस्य संजय सिंह, लगायत दजनौ नेतागण र सयौ कार्यकर्ताकोउपस्थिति रहेको थियो । उक्त अभियान्ता अभिमूखिकरण अभियान कार्यक्रम जसपा नेपाल १ नं. प्रदेशको अध्यक्ष दिपक याँखाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]