विराटनगर, भाद्र २३ गते । कोशी प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापामा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आयुर्वेद चिकित्सक र औषधि उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन् ।
कोशी प्रदेश जडिबुटीहरुको समेत भण्डार रहेको र यही औषधि उत्पादन गरेर प्रदेशको आम्दानी बढाउन सकिने भन्दै मुख्यमन्त्री कार्कीले भने प्रदेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने योजना बनाएको जानकारी गराएको थियो ।
आयुर्वेद अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गरी अध्ययन कार्यदल गठन गरिएको भन्दै मुख्यमन्त्री कार्कीले भने कार्यदलले दिएको प्रतिवेदनका आधारमा काम सुरु गर्ने जानकारी दिएका थिए ।
मुख्यमन्त्री कार्कीले डाक्टर खिमबहादुर कार्कीको नेतृत्वमा बनाएको कार्यदलले अब एक महिनामा प्रतिवेदन बुझाएपछि तत्काल काम सुरु गर्ने बताएका थिए । आयुर्वेद स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, आयुर्वेदिक चिकित्सा र नयाँ चिकित्सा प्रणालीलाई जोडेर सेवा दिन सक्ने सम्भावनाको समेत खोजी गरिने उहाँले बताउनुभयो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]