विराटनगर, भाद्र २४ गते । देश विकास गर्नलाई भ्रष्टाचारलाई शुन्य सहनशिलताको नीति अवलम्बन गर्नुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वताएका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाण्डौंले विराटनगरमा आयोजना गरेको भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना –२०८१ का सम्वन्धमा अन्तरक्रियामा उहाँले साे कुरा वताएका हुन । साथै भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।
यसका लागि राजनीतिक, प्रशासनिक नेतृत्व र सुरक्षा निकाय लगायत सबैले प्रतिवद्धता व्यक्त गर्नु पर्ने आवश्यक्ता रहेको उहाँले औल्याउदै चने प्रदेशमा भ्रष्टाचार विरुद्धको रणनीति बनाउन आवश्यक छलफल एवं कार्य शुरु गर्ने जानकारी गराए ।
भ्रष्टाचार नियन्त्रण गर्न विधि बनाएर प्रतिवद्धतासहित काम गरेमा सफल हुने भन्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो ,‘ देश विकासको लागि भ्रष्टाचार नियन्त्रण आवश्यक रहेकोले यस कार्यका लागि हामीसबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने पर्छ’ ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव फणिन्द्र गौतम,प्रमुख सचिब केदारनाथ शर्मा, प्रदेश सभा सदस्य मालति सुब्बा ,सहसचिव राजेन्द्र थापा, उपसचिव ओम प्रकाश पराजुलीले भ्रष्टाचारको जोखिम पहिचान गरि निगरानी गर्नुपर्ने, प्रदेश र स्थानीय निकायमा भ्रष्टाचार विरुद्धको कार्यनीति बनाएर कार्यान्वयन गरे नियन्त्रणमा सहयोग पुग्ने विचार व्यक्त गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]