विराटनगर, भाद्र २५ गते । कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढी हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तारकोकाे लागि नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशले कृषि एक्स्पाे २०८१ आयाेजना गर्ने भएकाेछ ।
महासंघ कोशी प्रदेशदले पत्रकार सम्मेलन गरि उत्पादन वृद्धि, बजार मूल्यवृद्धिको विकास गरी रोजगारी सिर्जनाका साथै राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पुर्याउने उदेश्य पहिलो पटक काेशी एक्स्पाे २७ देखि ३० गतेसम्म कटहरीकाे कृषि थाेक बजारमा कृषि आयोजना गर्न लागेकाेउद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले वताए ।
एक्स्पोका मुख्य आकर्षणहरु नविनतम औजार, बन्त्र तथा प्रविधिको प्रदर्शनी, उन्नत जातका पशुपक्षि प्रदर्शनी, पर्यावरण मैत्री ज्ञान, शिप र प्रविधि, कृषि विज्ञमग छलफल तथा मेमिनार कार्यक्रम, नयां नयां अनुसन्धान र परियोजनाहरूको प्रस्तुती, बजार तथा व्यापारका अवसरहरु, पशुपक्षी तथा कृषि उपज प्रतियोगिता, खेत देखी भान्साको अनुभव तथा फुड फेस्टिवल एवं जिल्ला बाहिरबाट मेला अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था रहने अध्यक्ष राउतले वताए ।
यसैगरी एक्स्पाे हुने स्थानमा जम्मा ५ वटा करक छुटयाइएको छ। जसमा एमा पशुपंक्षीवि मा कृषि, सि मा मेशिनरी डि मा फूड स्टल र ई मा गोष्ठी तथा परामर्श सेवा रहेको छ। एक्स्पोमा करीव १३० वटा स्टल रहने छन् जसमा भारतको विहार तथा कलकत्ताबाट २० वटा स्टल आउने छन् ।
एक्स्पो अवधिभर कृषि, पशुपक्षी, कष्टम हाइरिंग क्लाइमेट चेन्ज जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायतका विषयमा नेपाल तथा भारतका विज्ञवाट संवाद कार्यक्रम राखिएको छ ।
त्यसैगरी काठमाण्डौं विश्वविद्यालयले कृषि विषयमा परामर्श दिने कार्यक्रम रहेको छ जून लोकसेवाको तयारीमा रहेका परिक्षार्थीहरुका लागि उपयोगी हुनेछ ।
एक्स्पोमा जिल्ला नगर उद्योग वाणिज्य संघहरु, कृषि ज्ञान केन्द्र, १३७ वटा स्थानीय तह, कृषक, कृषी व्यवसायी, सहकारी, काठमाण्डौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि कलेजबाट सहभागी हुनका सावै समुदघाटन कार्यक्रममा भारत बिहार राज्यका माननीय कृषि मन्त्री लगायत कृषि विभाग र विज विभागका विज्ञहरुको सहभागिता रहने कार्यकम रहेको छ। कृषि एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ।
प्रदेश सरकार, कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ, स्वीस सरकार विकास सहयोग एमडीसी एक्स्पोको प्रवर्द्धन गरिरहेको छ भने नेपाल कृषि बजार विकास कार्यकम (सहज र कटहरी गाउपालिका सहयोगी सम्वा रहेका छन्।
त्यसैगरी एक्स्पोको मुख्य प्रायोजकमा मनोबल आईएमई बैंक रहेको छ भने प्रायोजकमा बोल्ग ग्रुप, कृषि विकास बैंक र मुक्तीना कृषि विकास कम्पनी लि रहेका छन्। यसैगरी एक्स्पोको सह प्रायोजकमा एनएमवि बैंक सिद्धार्थ बैंक नविल बैंक बुढीगंगा गाउपालिका र जहदा गाउपालिका रहेका छन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]