विराटनगर, भाद्र २७ गते । प्रदेश सरकारले निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउनु पर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ काेशी प्रदेशले कटहरी गाउँपालिपकाको कृषि थोक बजारमा आयोजना गरेको चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले साे कुरा वताएका हुन ।
सरकारको आवधिक योजनाको मुख्य उद्देश्य र नीति तथा कार्यक्रम बजेटमा कृषि क्षेत्रको उत्पादन वृद्धि केन्द्रीत रहेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो ।
उहाँले प्रदेशको २०८१ देखि ८५ सम्मको दोस्रो पञ्चवर्षिय योजननामा कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई विशेष प्रोत्साहन दिने नीति लिएको जानकारी गराउँदै मुख्यमन्त्री कार्कीले भने नीजी क्षेत्रको सहकार्यमा यही वर्ष हुने लागानी सम्मेलनमा प्रदेश सरकारले राखेका एक सयवटा कृषि उद्योग, पर्यटन, सूचना प्रविधि र जलश्रोत जस्ता योजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने विश्वास व्यक्त गरेका थिए ।
मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याई कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पो कोषेढुंगा सावित हुने बताउँदै उहाँले भन्नुभयो “लगानीको सुनिश्चिता र कृषि आधुनिकीकरणका लागि यस्ता अवसर सहयोगी हुन्छन् । प्रदेश सरकारले कोशी प्रदेशलाई कृषि हबको रुपमा विकास गर्नसमेत कार्ययोजना अघि बढाएको छ ।” मुख्यमन्त्री कार्कीले किसानका लागि बैंक ब्याजमा अनुदान, यान्त्रीकरणमा सहयोग र कृषि उद्योग संचालनमा सहयोग गरिरहेको र यसलाई निरन्तरता दिइएको समेत जानकारी गराउनु भयाे ।
महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, स्विस कन्ट्याक्टका टिम लिडर रिमा श्रेष्ठ, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कृषिमा नीजि क्षेत्रलाई आकर्षित गरि निर्यात गर्न सकिने धारणा राख्नु भएको थियो ।
एक्स्पोमा १३० बटा स्टलमा कोशी प्रदेश, भारतको विहार र वङ्गालका नविनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपंक्षी, पर्यावरणमैत्री ज्ञान, शिप र प्रविधि , कृषि विज्ञसंग छलफल, नयाँ नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुती, कृषिपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेको छ ।
एक्स्पोमा कृषिजन्य उत्पादनको प्रवर्द्वन, विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउन एक्स्पोको आयोजना गरिएको आयोजकले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]