भोजराज घिमिरे
विराटनगर, असोज १२ गते । कोशी प्रदेशमा अबिरल परेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको भारी वर्षाले बाढी, पहिरो र सडक अवरोध जस्ता समस्याहरू निम्त्याएको छ ।
प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । स्थानीय प्रशासनले उद्धार तथा राहत वितरणलाई तीव्रता दिएको प्रशासनले जनाएको छ । मौसम विभागले अझै केही दिन भारी वर्षा हुने सम्भावना रहेकोले थप सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।
कोशी प्रदेशमा हालसम्म ११ जनाले ज्यान गुमाउनुका साथै एक दर्जन जति वेपत्ता भएका छन । वाढी पहिरोले गर्दा केही मानिसहरु गाईते भई उपचारका लागि अस्पताल भर्ना भएका छन् । धेरै स्थानहरूमा घरहरू डुबानमा परेका छन् र मुख्य सडकहरू अवरुद्ध भएका छन्।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]