काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ ।
प्रधानमन्त्री ओलीले ‘अयोध्या धाम नेपाल मै छ, राम नेपाली हुन’ भनेर अभिव्यक्ति दिएपछि नेपाल–भारतबीचको सांस्कृतिक, धार्मिक सम्बन्ध मात्र नभै विश्वमा रहेका हिन्दूधर्मालम्बीहरुको आस्थामा आँच पु¥याएको भन्दै विश्वहिन्दू परिषदलगायतका विभिन्न धार्मिक संघसंस्थाहरुले शनिबार विरोध प्रदर्शन गरेका हुन् ।
जनकपुरका रामानन्द चौकबाट निस्केको विरोध प्रदर्शन बाह्रविघा, जानकी मन्दिर, जनक चौक, भानु चौक, शिव चौक हुँदै रेल्वे स्टेशनमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै हिन्दू युवा परिषद्का संयोजक सत्यम मुरारीले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यले विश्वमा रहेका हिन्दू धर्मावलम्बीहरुको आस्थामा ठेस पुगेको बताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]