विराटनगर,कार्तिक ५ गते । कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्वीस राजदूत डा. डेनिएल मेउलीबिच आज शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनाका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी गराए ।
राजदूत बनेर आएपछि पहिलो पटक मुख्यमन्त्री कार्कीसँग उहाँले भेट गर्नुभएको हो । स्वीस सरकारको सहयोगमा सञ्चालिन परियोजनाहरुमा अहिलेसम्म भएको प्रगतिका र आगामी सहकार्यका विषयमा छलफल भएको हो । उहाँहरुबीच कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलन, कोशी प्रदेश लगानी सम्मेलन र कोशी भ्रमण वर्ष २०८२ काे विषयमा समेत छलफल भएको खनालले जानकारी दिए ।
भेटवार्तामा स्वीस राजदूत मेउलीले कोशी प्रदेश सरकारसँग निरन्तर सहकार्य गर्न स्वीस सरकार तयार रहेको र क्षेत्र मिल्ने परियोजनाहरुमा सहकार्य भइरहने बताए ।
कोशी प्रदेशमा स्वीस सरकारको सहयोगमा खानेपानी तथा सिचाइँ मन्त्रालय अन्तरगत ८ वटा पहाडी जिल्लामा साना सिचाइँ आयोजना, झोलुंगे पुलमा प्राविधिक सहयोग तथा पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत पदमार्गमा आधारित परियोजना र आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तरगत शीप तथा रोजगारमूलक तालिमसँग सम्बन्धित परियोजनाहरु सञ्चालनमा छन् ।
सामाजिक विकास मन्त्रालय अन्तरगत सुशासनसँग सम्बन्धित पिएलजिएसपी परियोजना, सामाजिक विकास अन्तर्गत नै युवा उद्यमशिलता, प्राविधिक तालिम र रोजगारी प्रवर्द्धन सम्बन्धी परियोजनाहरु सञ्चालन भइरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]