विराटनगर, भाद्र २० गते । मेदान्दा अस्पतालमा कार्यरत नेपालको डाक्टर सुजित कुमार साहले छतवाट हामफलेर आत्महत्या गरेको भन्दै भारतीय संचार माध्यमहरु वताएपनि साहको आमा फुलकुमारी साहले मेरो छोराको आत्महतया नभई हत्याको वताएकोे छ ।
विराटनगर महानगर पालिका वडा नं= १३ आश्रम टोल बस्ने बुवा नरेन्द्र प्रसाद साह र आमा फुलकुमारी साहको दुई छोरा मध्ये कान्छो छोरा डा= सुजित कुमार साहले गुरुग्रामको सेक्टर ४७ को आठौ तल्लावाट हामफालेर १६ गते मंगलवार अर्थात सेप्टेम्वर १ तारिक राती ३ बजे आत्म हत्या गरेको भारतीय संचार माध्यमले लेखेको भएपछि त्यसो नभई श्रीमतीले नै हत्या गराएको आमाको दावी छ ।
सो घटनाको विषयमा साहको आमाले शुक्रमार नै मेरा छोरोका हत्या भएको भन्दै निष्पक्ष छानबीनको लागि पहल गरी दिन राष्ट्रि मानव अधिकार आयोग प्रदेश नं. १ कार्यालय विराटनगरमा निवेदन दर्ता गराई बाद्धार्थ इन्सेक, एलिट क्लब, नेपाल पत्रकार महासंघ मोरंग, मुख्यमन्त्रीको कार्यालय विराटनगर, विराटनर महानगर पालिका र मानव अधिकार संञ्जाल समेतलाई दिएको छ ।

एसियाकै अब्बल अस्पतालको रुपमा रहेको मेदान्ता अस्पतालको कलेजो प्रत्यारोपण विभागकोे सर्जन डा= साहले रोवर्टको माध्यमबाट कलेजो प्रत्यारोपण गर्ने चिकित्सकका रुपमा कार्यरत थिए । डा= साहले १० वर्ष अगाडी एक पंजाबी लक्ष्मी संख्यान साहसंग बैवाहिक जीवनमा बाधिएका थिए । साह दम्पतीको ६ बर्षका एक छारी अनाईसा रहेको छ ।
डा. साहको श्रीमति पनि हर्टको डाक्टर छ । उनी पश्चिम बंगालको एक अस्पतालमा कार्यरत रहेको छ । केही महिना देखि श्रीमान् श्रीमती बीच भएको तनावको कारण श्रीमतिले डिभोर्सको लागि एफआईआर गरेको र त्यसको म्याद आई श्रीमानले पनि प्रतिउत्तर जोड्नु पर्ने दिन नै आत्म हत्या गरेको छ ।
डा.साहको आमाले भने ‘अरुको ज्यान बचाउने मेरो छोरा आत्महत्या गर्न सक्दैन’ किन कि एक दिन पहिले सोमम्बार राती छोरासंग राम्रै कुरा भएको थियो सवै ठीक छ भन्यो तर त्यही ठीछ भन्ने शब्दै अन्तिम भएको आंशु झार्दै आमाले वताए ।
डा= साह जनकपुरको जानकी आवासीय माध्यमिक विद्यालयबाट एसएलसी, सेन्ट जेभियर्स कलेज माइतीघरबाट आइएसी, मणिपाल मेडिकल कलेज पोखराबाट एमबीबीएस चण्डीगढबाट छात्रवृत्तिमा एमएस र एम्सबाट कलेजो प्रत्यारोपण सर्जरीमा एमसीएच गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]