विराटनगर, मंसिर १२ गते । मैथली एसोसिएशन नेपालले गर्न लागेको मान इंटरनेशलन अवार्ड कार्यक्रमको सम्वन्धमा विभिन्न संचारमाध्यममा मान इंटरनेशल अवाडवाट सम्मानित हुनेहरुवाटै नगद १० संकलन गरेको समाचार आएपछि मैथली एशोसिएशन नेपालका अध्यक्ष प्रवीण नारायण चौधरीले पत्रकार सम्मेलन गरी अवार्ड पाउनेहरुवाटै स्पोन्सर गराएको कुरा पुष्टी गरेको छ ।
मान इंटरनेशनल अवार्ड २०२४ सम्वन्धि जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा सो कुरा पुष्टी गरेको हो । अवार्डको लागि आवेदन लिने प्रक्रिया र सहभागीसंग रकम असुल गरेको प्रक्रियाहरुमा केही त्रुट्टी भएको स्वकार गर्दै अगामी दिनमा त्यस्ता त्रुट्टिहरुलाई सच्याउँदै जाने प्रतिवद्धता अध्यक्ष चौधरी जनाए ।
अवार्ड कार्यक्रमको सम्पूण तयारी पुरा भई सकेको जानकारी गराउँदै चौधरीले भने मंसिर १५ गते विराटनगरको स्वगतम होटलमा हुने “मान इंटरनेशनल अवार्ड २०२४” नेपाल र भारतका स्पोन्सर गर्ने ६० जनालाई प्रदान गरीनेछ भने ४५ जनालाई गेष्ट अफ अनरवाट सम्मान गरिने अध्यक्ष चौधरी वताए ।
रकम लिएर अवार्ड प्रदान गर्ने कार्यले वास्तविक काम गर्ने अभियन्ताहरु ओझलमा पर्ने, अवार्ड कार्यक्रम एकलौटी भएको संचारकर्मीहरुको प्रश्नमा अवार्ड पनि व्यवसायीकरण हो जसले स्पोन्सर गरेको छ वा १० हजार रकम तिरेको छ त्यसैलाई नै अवार्ड दिने हो दावी गर्दै तपाईहरुको सुझावलाई अगामी दिनमा आत्मसात गरी अगाडी वढ्ने अध्यक्ष चौधरीले वताए । उक्त कार्यक्रमको लागि करीब १० लाख खर्च हुने भएको छ । कार्यक्रम पश्चिात सम्पूर्ण हरहिसाव सार्वजनिक गर्ने आयोजकले प्रतिवद्धता जनाएको छ ।
मान इंटरनेशनल अवार्ड २०२४ को आयोजनालाई लिएर संचारसंग सम्वन्धित केही संस्थाहरुले विरोध जनाएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]