विराटनगर, मंसिर १३ गते । संसारीमाई स्थान संरक्षक समितिले कार्तिक २३ गतेदेखि २९ गते सम्म लगाइएको भागवत महापुराणबाट ६४ लाख संकलन गरेका छन् ।
संरक्षण समितिले पत्रकार सम्मेलन गरी ७ दिनको महापुराणमा चन्दादतावाट संकलन भएको ६३ लाख १ सय २०, कलस विक्रीवाट १ लाख १३ हजार २ सय ५० र बैक व्याजबाट आएको २ हजार ११ रुपिया ९२ पैसा गरी जम्मा ६४ लाख १५ हजार ७ सय ८१ गरी जम्मा ६४ लाख १५ हजार ७ सय ८१ रुपिया आन्दानी भएको सार्वजनिक गरेको छ ।
त्यसैगरी खर्च तर्फ प्रचार प्रसारमा २ लाख २३ हजार ८ सय ३०, मसलन्द छपाई १४ हजार ३ सय ५५, इन्धन ४२ हजार ९ सय ५०, पण्डाल तथा मंच व्यवस्थापन ४ लाख १ हजार, पुजा सामग्री तथा फूलमाला २ लाख २२ हजार ८ सय ९५, आवास खर्च ३१ ह्जार ५ सय, खाद्य्यान खर्च ८६ हजार ६ सय ८५, कथा वाचन सेवा १० लाख, विजुली, पानी, मोवाईल खर्च ७ हजार ९ सय ९८, कलश यात्रा ७१ हजार ४ सय ६०, माटो भराई २६ हजार, विविध खर्च १ लाख ८२ हजार ५ सय, जुत्ता चप्पल व्यवस्था ४२ हजार ५ सय, दराज खरीद १५ हजार ५ सय, सक्ती फिर्ता १ लाख ८ सय ४५, गरी जम्मा २४ लाख ७ अजार १८ रुपियाँ खर्च भएको मन्दिर संरक्षण समितिका अध्यक्ष कृष्ण कुमार मास्केले वताए ।
खर्च कट्टा गरी बाँकी रहेको रकम बैकमा जम्मा गरी राखिएका छ । चन्दादताहरुवाट आएको रकमवाट संसारीमाई स्थानको संरक्षण र सम्वद्धन खर्च हुने छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]