विराटनगर, पुस २४ गते । विराटनगर महानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष हरिश चन्द्र सहनीले पहिलो चरणमा वडा भित्रका विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य विमा गराउने उदेश्यले ८ सय १५ विपन्न परिवारको तथ्यांक संकलन गरका छन् ।
वडाअध्यक्ष सहनीले वडामै पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । वहाँले भने स्वास्थ्य सेवा मौलिक हकको रुपमा संविधानमा नै व्यवस्था भएकोले त्यसलाई सुनिश्चित गर्ने उदेश्यका साथ निःशुल्क स्वास्थ्य विमाको लागि यस आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजन गरेका छौ । पहिलो चरणमा विपन्न परिवारलाई निःशुल्क विमा गराउँछौ । त्यसपछि मध्यम वर्गिय परिवार र अन्तमा वडामा रहेका सम्पुर्ण घरपरिवारलाई निःशुल्क स्वास्थ्य विमा गराई दिने वताए ।
वडावासीहरुलाई आधारभुत स्वास्थ्य सेवासम्म पहुँच पुगोस र जटिल रोगीहरु पनि विशेषज्ञ सेवावाट बंन्चित नहोस भन्ने उदेश्यका साथ निःशुल्य स्वास्थ्य विमा कार्यक्रम ल्याएका छौ । जसले गर्दा वडावासीले १ लाख सम्मका उपचारको लागि कसैसंग हात फैलाउनु, ऋण लिनु वा माग्नु पर्दैन वडाअध्यक्ष सहनीले वताए ।
निःशुल्क विमाको लागि पहिलो चरणमा ८ सय १५ जनाको तथ्यांक संकलनमा वडाले कुनै खर्च गरेको छैन नत कुनै कर्मचारी खटाएका छ । सो तथ्याँक स्वास्थ्य स्वयमसेवीहरुले संकलन गरी दिएकोमा वहाँहरुलाई वडाअध्यक्ष सहनीले विशेष धन्यवाद दिएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]