विराटनगर, पुस २९ गते । “मानव अधिकार रक्षकहरुको अवस्था, सर्वेक्षण प्रयोजन” का लागि राष्ट्रिय मानवअधिकार आयोग, कोशी प्रदेशले संचारकर्मीहरू संग छलफल गरेका छन ।
विभिन्न सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीहरु फ्रन्टलाईनमा बसेर जनताको सेवा गर्दै आईरहेको बेला राष्ट्रिय मानव अधिकार आयाेग कोशी प्रदेशले पत्रकारहरुको सवालमा छलफल गरेको आयोजकले जनाएको छ। छलफलमा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रवद्धर्न शाखा अधिकृत दिपेन्द्र बहादुर सिंहले समाजमा विभिन्न घटनाहरु घटिरहेको छ, मानव अधिकारको क्षेत्रमा पत्रकारहरुले खेलेको भुमिका प्रति धन्यवाद व्यक्तगर्नु हुँदै उहाँले अब पत्रकार र मानव अधिकारकर्मीहरुले पनि आ–आफ्ना मानवअधिकारको विषयमा सोच्नुपर्ने बेला आएको बताए।
छलफलमा सञ्चारकर्मीहरुले समाचार लेखेका कारण धम्की आएका र कतिपय ठाउँमा मुद्दा समेत खेप्नु परेको पत्रकारहरुले छलपलमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]