विराटनगर, माघ २२ गते । प्रेस चौतारी नेपालका २७ औं स्थापना दिवसको अवसरमा एक जानलाई पुरस्कार सहित सम्मान गरेको छ भने दुई जनालाई सम्मान गरेका छन् ।
दुई जना पत्रकारीता क्षेत्रमै रहेर विद्यावारिधि गरेका प्रेस चौतारी मोरंगका संस्थापक सचिव डा. डिल्ली पोखरील र डा. र्धमराज ढकाललाई सम्मान गरेको हो ।
पोखरेलले नेपालको आर्थिक विकासमा कृषि सहकारी संस्थाहरुको भूमिका विषयमा विद्यावारिध (पीएचडी) र ढकालले नेपाली कटन उद्योगहरुमा कार्यरत मजदुरहरुको उत्प्रेरणा र कार्य सम्पादनको अवस्था विषयमा विद्यावारिध (पीएचडी) गरेका हुन् ।


त्यसैगरी सोही अवसरमा कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गरिएको छ । पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
सम्मनित हुने तीनै जनालाई कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले दोसल्ला, सम्मान पत्रले सम्मान गरेका थिए ।
सो अवसरमा नेकपा एमाले मोरंग अध्यक्ष बाबुराम कार्की, प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष अविजाल विष्ट, नेपाल पत्रकार महासंघ मोरंग अध्यक्ष शुशिला पाठक, समाजवादी प्रेस संगठन कोशी प्रदेश अध्यक्ष बन्धु पोखरेल, प्रेस सेन्टर कोशी प्रदेश महासचिव गोकुल पराजुली र प्रेस युनियन मोरंग सचिव गोपाल पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रम प्रेस चौतारी मोरंग अध्यक्ष चीना थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]