दाङ, भाद्र ३० गते । कुलोमा नुहाउँदै गर्दा करेन्ट लागेर तीनजना बालबालिकाको मृत्यु भएको छ ।
नुहाउँदै गरेका अवस्थामा पानीमा करेन्ट लाग्दा घोराही उपमहानगरपालिका वडा नं. १० उत्तर अमराईका १० वर्षीया बालिका रेणुका चौधरी, ८ वर्षीय बालक प्रशान्त चौधरी र ३ वर्षीय बालक अमृत चौधरीको मृत्यु भएको हो ।
छिमेकमा एक घरमा मरेको मान्छेको शुद्धशान्तिका क्रममा कुलोबाट पानी तान्नलाई मोटर जोडेको अवस्थामा पानीमा करेन्ट प्रवाह हुँदा तीन बालिकाहरुको मृत्यु भएको दाङ प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले वताए ।
पानी तान्ने मोटर र घरधनीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको खड्काले बताए । एकै गाउँका तीनजना बालिकालाई करेन्ट लागेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]