विराटनगर, जेष्ठ १२ गते । मधेशी समुदायको अधिकांश विवाहित महिलाहरुले आफ्नो पतिको दीर्घायुको लागि बट सावित्री पर्व आज धुमधामका साथ वर पिपलको रुखमा पुजापाठ गरी मनाउँदै छन् ।
मधेशी समुदायका प्राय सवै जातजातिका महिलाहरुले मनाउने चाडहरु मध्ये बट साविधी अर्थात बरसाइतलाई महान पर्वकै रुपमा मनाउन थालेका छन् ।
प्रत्येक वर्ष जेठ महिनाको अमवशिया तितिको दिन मनाउने बट सावित्री अर्थात बरसाईतको पूजामा विवाहित महिलाहरुले उपवास बसी नयाँ बस्त्र, गरगहना, सिन्दुर, पोते लगाएर प्रसादको रुपमा केरा, स्याउ, नरिवल, लिच्ची, चामल, आँप, बदाम, पान, सुपारी, केरा, फलफूल, धुप र अनिवार्य रुपमा बासको वेना (पंखा) लिएर पूजापाठ गरिन्छ ।
व्रतालु महिलाहरूले आफ्नो श्रीमानको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै रातो पहिलो धागो (मोली) लिएर बर पिपलका रुखमा ७ फेरा लगाउने गरिन्छ । श्रीमानलाई वाँसको वेना (पंखा) ले हावा लगाई प्रसाद ग्रहण गर्न दिन्छन ।
पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रूख तल बसेर कठोर व्रत गरी आफ्नो पतिको प्राण फर्काएको हुँदा महिलाहरूले पतिको दीर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । सुरुसुरुमा ब्राह्मण, कायस्थ र देव जातिका महिलाले मात्र गर्ने गरेको बरसाइत पूजा अहिले मधेशी मुलका प्राय सबै जातजातिका महिलाहरुले समेत पतिको दीर्घायुको कामनासहित पूजा गर्न थालेपछि यसको महत्वले दिन प्रतिदिन बढ्दै गई रहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]