विराटनगर,जेष्ठ २४ गते । माेरंगकाे रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका लगायतका पालिकाहरूमा बोरो धान खेतीमा किसान गरेको लगानी डुब्ने अवस्था भएकाे छ ।
किसानहरूले दोस्रो वालीको रूपमा लगाउने बोरो धानको मूल्यमा व्यपारीहरूले मनाेमानी ढंगले घटाएपछि किसान काे लागत मुल्य डुब्ने भएकाे किसानहरू वताँउछन् ।
किसानले बोरो धान खेती बाट एकमुष्ट नगद आर्जन गरी घर व्यवहार चलाउँदै आएकोमा यस वर्ष बोरो धान को भाउमा ४५ प्रतिशतले गिरावट आएपछि लगानी डुब्ने भएको छ ।
बोरो धान उत्पादन प्रवद्र्धनको लागि २०८१ साल फागुन २१ गते नेपाल सरकारको मन्त्री परिषद्को बैठकले चैते धान को न्युनतम समर्थन मूल्य २ हजार ८ सय ६९ प्रति क्विन्निटल निर्धारण गरेकोमा व्यपारीहरूले किसानको धानको मूल्य १ हजार ८ सय प्रति क्विन्टलले खरिद गर्ने गरेकाेछ ।
किसानहरूको आफ्नै स्रोत साधन न हुँदा धान बालिमा हारबेस्तिङ गर्न सकिरहेको छैन । हारबेष्टिङ गरी सके पछि धान विक्री गर्न खाेज्दा सरकारले ताेकेकाे मुल्यमा व्यपारीले
धान खरिद गरिदिदैन जसले गर्दा किसान मारमा परेकाे छ ।
स्थानीय व्यपारी सरकारले ताेकेकाे मुल्य भन्दा कममा खरिद गरी किसानहरूलाई ठगी गरि रहेका छन् ।
धानकाे मुल्य सम्बन्धमा सम्बन्धित निकायले अनुगमन गरी सरकारले ताेकेकाे मुल्यमा खरिद नगर्ने व्यापारीहरूलाई कार्वाही गर्नुपर्ने किसानहरूले माग गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]