विराटनगर, २४ गते । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको आयोजनामा कोशी प्रदेशका उद्योग व्यवसायी लक्षित पेशागत सीप नक्साकंन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
उद्योग परिसंघ केन्द्रीय समितिको सहयोग र नेपाल भोकेसनल क्वालिफिकेसन सिस्टम (एनभीक्युस) को प्राविधिक सहकार्यमा एक दिन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
एनभीक्युसका विषय विज्ञ पर्शुराम नेपालले परिसंघ केन्द्रीय समितिको सहकार्य र एनभीक्युसको प्राविधिक सहयोगमा व्यवसाय लक्षित पेशागत सीप नक्साकंन अन्तर्गत उत्पादनशील विधागत उपसमितिले नेपालको प्रमुख व्यावसायिक उपक्षेत्रहरुको पेशागत सीप नक्साकंन गरिसकेको जानकारी दिएकाे थियाे ।
नेपालले उपक्षेत्र अन्तर्गतको गार्मेन्ट र टेक्सटाइल, फुटवेयर, खाद्य र ऊर्जा क्षेत्रलगायतको पेशागत सीप नक्साकंन सम्पन्न भएकाे जानकारी गराए ।

त्यस्तै, अभिमुखीकरण कार्यक्रममा परिसंघ कोशीका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडाले पेशागत सीप नक्साकंनले देश भित्रै सीपयुक्त जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उहाँले पेशागत सीप नक्साकंनले देशभित्र आवश्यक पर्ने जनशक्तिको पहिचान तथा सीपयुक्त बनाउन भूमिका खेल्ने हुनाले उद्योगहरुले देशभित्र ठूलो संख्यामा रोजगारी उपलब्द गराउन सक्ने धारणा व्यक्त गरेका थिए ।
परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले नक्साकंनले नेपाली उद्योगहरूमा विदेशबाट दक्ष कामदार झिकाउनु पर्ने समस्याको समाधान गर्ने विश्वास लिएको बताए ।
कार्यक्रममा परिसंघका प्रमुख सल्लाहकार महेश जाजु, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]