विराटनगर, अषाढ ७ गते । बाँतर जातिको र्धम संस्कृति संरक्षणका लागि सहयोग गर्ने प्रतिवद्धता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रतिवद्धता जनाएका छन् ।
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र र युवा समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले सो प्रतिवद्धता जनाएको हो ।
त्यसैगरी कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रदेश सरकारले बाँतर जातीको आर्थिक, सामाजिक, स्वास्थय र शिक्षाको क्षेत्रमा अगाडी बढाउने खालको नीति तथा कार्यक्रम निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपालको तराई, मधेश, भित्री मधेश र बाह्य क्षेत्रमा अवस्थित अनेकौ जंगलीफाँटहरुमा परापूर्वकालदेखिनै वन्तरा जातिको बसोवास रही आएको कथन रहेको नेपाल बाँतर सरदार समाज कल्याणकारणी केन्द्रीय सभापति मोहनलाल सरदारले वताए । सुरुमा रहेको वन्तरा शब्द वि.स. १७२० साल तिर आईपुग्दा अपभ्रम्स भई बातर हुन आएको यस जातीका अगुवा तथा ईतिहास विद्हरुले अधिवेशनमा बताए ।
उनीहरुको भनाईअनुसार वन्तरा भन्नाले वनको राजा भन्ने जनाउँछ । बाँतर जातिलाई हाल सरदार पनि भन्ने गरिन्छ । बाँतर जाति आदिवासी भए पनि अहिले दलितमा सुचिकृत रहेको उत्थान केन्द्रका केन्द्रीय सभापति चन्द्रदेव सरदारले बताए ।
कार्यक्रममा प्रमुखअतिथि ,विशिष्टअथिति एवं अतिथिहरुले पाँचौ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्तगर्नुभएको थियो । पाँचौ राष्ट्रिय महाधिवेशनमा मोरङ, सुनसरी, झापा, सप्तरी, सिरहा, धनुषा, मोहत्तरीलगायत १६ वटा जिल्लाबाट ५ हजार भन्दा बढीको सहभागीता रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]