विराटनगर, असार १५ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार १४ गते सुनसरीको बराहक्षेत्र नगरपालिका– ५ स्थितमा प्रहरी चौकी भरौलको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कार भित्रमा कालो प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको १ सय २० किलोग्राम गाँजा सहित कार चालक मोरङ विराटनगरका– ४ का २६ बर्षीय धिरज गोसाई सहित ९ जनालाई पक्राउ गरेको थियो ।
त्यसैगरी सोही कारमा सवार जहदा गाउँपालिका– ७ का २२ बर्षीय बिकास यादवलाई नियन्त्रणमा लिएको थियो । मोरङको रतुवामाई नगरपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचको क्रममा रतुवामाई–४ का ३५ बर्षीय रंजित शर्मा र ३० बर्षीय रोम बहादुर राजबंशीलाई ४१ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो ।
सोही दिन लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका– ७ का २१ बर्षीय रोहित मगरलाई २ ग्राम ४९ मिलिग्राम ब्राउन सुगर, विराटनगर–११ का १९ बर्षीय निखिल मल्लिकलाइ इन्टराजेपाम ७० ट्याब्लेट सहित र इलाका प्रहरी कार्यालय विराटचोकले ट्रामाडोल ९० ट्याब्लेट सहित सुन्दरहरैचा– ९ का २७ बर्षीय अनिल कुमारलाई पक्राउ गरेको थियो ।
त्यसैगरी लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाले कनकाई नगरपालिका– ३ का २७ बर्षीय निर्मल बिश्वकर्मा र मोरङ मिक्लाजुङका २० बर्षीय सिसिर लिम्बुलाई २ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सवैजनालाइ सम्वन्धित प्रहरी कार्यालयवाट थप अनुसन्धान भइरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]