विराटनगर, अषाढ १६ गते । मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २० को बिक्रम कुमार साह तेलीलाई प्रहरी हो भनी शरिर बन्धक बनाई डाका गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अली हुसेनको छोरा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा न. ८ बस्ने बर्ष २४ को समिर हुसेन, सुल्तान अन्सारीको छोरा विराटनगर–६ बस्ने बर्ष २७ को आशिफ अन्सारी रहेका छन् ।
घटनाको विवरण अनुसार तेलीले बैंकमा रकम मौज्दात गर्न भनि ३ लाख ६४ हजार लिई सिटीमा चढी बैंक तर्फ आँउदै गर्दा तीनीहरुले १३ रानी स्थित राईस मिल छेउमा पुग्दा रातो स्कुटरमा सवार रहेका ३ जना अपरिचित मानिसहरुले उक्त सिटी सफारी रोकि “हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ“ भनि सो स्कुटरको बिचमा जबरजस्ती राखी नियन्त्रणमा लिई २ जनाले निजलाई विराटनगर महानगरपालिका वडा नं. १४ जतुवा स्थित एकान्त स्थलमा पुर्याई त्रास देखाई तेलीको साथमा रहेको उक्त रकम डाका गरी लिई फरार भएको थियो ।
पीडितको निवेदनका आधारमा सो डाका गर्ने समुहकोखोजतलास गर्ने क्रममा २०८२ अषाढ १५ गतेसो वारदातमा प्रयोग भएको को १४ प ३३३० नम्बरको स्कुटर सहित समिर हुसेन र आशिफ अन्सारी समेतलाई पक्राउ गरी पीडितबाट सनाखत समेत गराई शरिर बन्धक बनाई डाका गरेको कसुर मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]