कपिलवस्तु,अषाढ २३ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेकाे छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले अषाढ २२ गते आइतवार संकास्पद अबस्थामा बसेका भारत उत्तर प्रदेश जिल्ला शिद्धार्थनगर वढनीकाे २० वर्षिय कन्हैया चौधरीलाई प्रहरीले पक्राउ परेकाे थियो ।
शंका लागी चेकजाँच गर्दा निजले लगाएको निलो जिन्स पाईन्टको अगाडीको दाया गोजीमा रातो प्लाष्टिकको टुक्रामा लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका चौधरीलाई कपिलवस्तु जिल्ला अदालत बाट सात दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले जानकारी दिएका छन्।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]