विराटनगर, अषाढ २३ गते । मोरङको रंगेली नगरपालिका-८ स्थितबाट ३ सय ६५ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत बिशेष सूचनाको आधारमा असार २२ गते आईतवार नेपाल प्रहरी केन्द्रीय लागू औषध अनुसन्धान ब्युरो काठमाण्डौ, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटीएको प्रहरी टोलीले कोठा भाडामा बस्दै आएका रंगेली-८ का ५४ बर्षीय कृत्यानन्द ठाकुरको कोठा खानतलाशी गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला पारेको थियो ।
ब्राउन सुगर बरामद गरेसंगै कारोबारमा संलग्न रहेका कृत्यानन्द ठाकुर, ३० बर्षीय शुशिल बुढाथोकी र भारत अररिया की ५० बर्षीया हसिना भन्ने बिजली खातुनलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजे पछि प्रहरीले १ राउण्ड गोली फायर गरी तीनैजनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद १ लाख २१ हजार रुपैया समेत बरामद गरेको थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]