विराटनगर, अषाढ २८ गते । सहमति शिक्षा बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर-८ ले नमुना विद्या मन्दिरकाे सभा हलमा एक दिने आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न गरेकाे छ ।
उक्त तालिमकाे समुद्घाटन संस्थाका कार्यवाहक अध्यक्ष गंगा काेईरालाले व्यानर बाचन गरी गरेका थिए ।
“मर्यादित सहकारी : समुन्नत समाज” भन्ने मूल नाराका साथ सुरू भएकाे आधारभूत सहकारी शिक्षा तालिममा सहजीकरण राष्ट्र सेवक सहकारी संस्थाका अध्यक्ष जीवन काफ्ले र सहकारी रजिस्ट्रारकाे कार्यालय काेशी प्रदेशका अधिकृत हरि बहादुर खत्रीले गरेका थिए ।

सहजकर्ता काफ्लेले सहकार्य सहकारीका सातवटा सिद्धान्त, सहकारीका मुल्य मान्यता लगायतको विषयमा सहजीकरण गरेका थिए ।
त्यसैगरी सहजकर्ता खत्रीले सहकारी व्यवसाय हाे कि आन्दोलन, सहकारीमा आर्थिक सहभागीताकाे अर्थ, ऋण जाेखिम र अनिश्चितता, सहकारीमा देखिने तरलता जाेखिम,
सहकारी व्यवसायीमा कानुन कार्यान्वयन सम्बन्धि
विनियम, आन्तरिक कार्यविधि, सदस्यता सम्बन्धि व्यवस्था संचालक समितकाे काम, कर्तव्य र अधिकार सहजीकरण गरेका थिए ।


तालिममा संचालक समितिका पदाधिकारी र सदस्यहरू, सल्लाहकार समिति, ऋण उपसमिति, लेखा समिति, सहकारीका सदस्य गरी तीन दर्जनकाे उपस्थित रहेकाे थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]