दिलिप अग्रवाल
रंगेली, अषाढ ३१ गते । आत्महत्या गर्नेहरू मध्ये ९० प्रतिशत मानिसहरू कुनै न कुनै मानसिक वा सामाजिक समस्याबाट ग्रसित रंगेली अस्पतालका मेडिकल अधिकृत डा. बिप्लव कार्कीले वताएका छन ।
सवैभन्दा धेरै आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या बढेको देखिएको छ। झुन्डिएर आत्महत्या गर्ने घटनाहरू पछिल्ला समय तीव्ररुपमा बढेका छन् । मानसिक स्वास्थ्य समस्या, बेरोजगारी, लागुऔषधको दुर्व्यसनी, दीर्घरोग, पारिवारिक कलह, सामाजिक अपमान लगायतका कारणले आत्महत्याको घटना बढिरहेको वहाँकाे भनाई छ
मोरङकाे रंगेली, सुनवर्षी, रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा मृत्यु हुनेको सङ्ख्या एक वर्षको अवधिमा १२६ जना रहेकाे प्रहरीले छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार, रंगेली नगरपालिकामा मात्रै डुबेर, झुन्डिएर, सवारी दुर्घटना, विष सेवन तथा अन्य कारणले ३७ जनाको ज्यान गएको छ। त्यसैगरी, सुनवर्षी नगरपालिकामा ३० जना, रतुवामाई नगरपालिकामा ३७ जना र धनपालथान गाउँपालिकामा २२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
अकालमा ज्यान गुमाएको तथ्याङ्कले स्थानीयका जनप्रतिनिधिहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]